प्रधानमन्त्रीबाट एमयूका ३८ सय ४१ विद्यार्थी दीक्षित



वीरेन्द्रनगर ।

मध्यपश्चिम विश्वविद्यालयका ३८ सय ४१ जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई दीक्षित गराएका छन् । दीक्षित हुुने सबै विद्यार्थीलाई प्रधानमन्त्री ओलीले सामुहिक प्रतिज्ञा गराएका थिए । विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह शुक्रबार सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन कुइनेपानी परिसरमा सम्पन्न भएको थियो ।

दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले दीक्षित हुनपाउने अवसरले विद्यार्थीको भविष्यका थप सफलताको बाटो खुुलेको बताए । उनले सबै विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा मात्रै हाँसिल नभइ व्यवहारिक र सिर्जनशिल बन्न अनुरोध गरे । हरेक व्यक्तिले आफ्नो सिप प्रयोग गर्दै उत्पादनमुुलक काममा लागेको खण्डमा देशको गरिबी छिट्टै हट्ने उनको भनाइ छ ।

‘सामान्ति युुग र उपनिवेश युुगले हामी पछि परेका हौँ । अब ती युुगको अन्त्य भयो । नयाँ विज्ञान र प्रविधिको युुग आयो’ उनले भने, ‘अब नयाँ युुगसँगै सबै अघि बढ्नुुपर्छ । सोही अनुसारका नीति तथा कार्यक्रम बनाउनुुपर्छ । पछिल्लो समय शैक्षिक क्षेत्रमा पनि देशले राम्रो फड्को मारेको छ ।’ समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये ८८५ जना प्रत्यक्ष सहभागी भएका थिए । भने प्रत्यक्ष उपस्थित नभएपनि दीक्षित हुने अन्य सबै विद्यार्थीले समयअनुुकुुल विश्वविद्यालयमा आएर प्रमाणपत्र बुुझ्नसक्नेछन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये स्नातक तहमा २ हजार १८९ , स्नातकोत्तरमा १ हजार ६३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी रहेका छन् । विश्वविद्यालयका डिन लिलाधर तिवारीका अनुसार सन् २०२२, २०२३ र २०२४ को पासआउट ब्याचबाट ३८ सय ४१ जनालाई नै दीक्षित गराइएको हो । तर दीक्षान्त समारोहमा सहभागी हुन ८८५ जनाले मात्र फाराम भरेका थिए ।

त्यस्तै स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गरेका छन् । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिएको छ । भने दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थी पनि दीक्षित भएका छन् । २०६७ सालमा स्थापना भएको विश्वविद्यालयमा मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायमा अध्यापन भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार