कोहलपुर ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजनामा कोहलपुरमा सरकारका विरुद्ध बृहत विरोध सभा आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमामा काँग्रेसले देशभर झैँ कोहलपुरमा पनि प्रदर्शन गरेको हो ।
सोमबार दिउँसो पार्टीको भण्डा सहित सडकमा आएका काँग्रेस कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
उनीहरुले संसद विघटन जस्तो असंवैधानिक कदम चालेर ओलीले देशलाई प्रतिगमन तिर धकेन्न खोजिरहेको समेत आरोप लगाएका छन् ।
उक्त अवसरमा बोल्दै काँगे्रस कोहलपुर नगर सचिव भूम भण्डारीले नेपाली काँग्रेस सडकमा आइसकेकोले ओली सरकार विरुद्ध शसंक्त रुपमा लाग्ने बताए ।
उक्त भेलामा काँग्रेस क्षेत्र नम्बर १ का नेताले सम्बोधन गरेका थिए । काँग्रेस देशभर झै बाँकेमा पनि जिल्लाभर कार्यक्रम गर्दैछ । नेपालगञ्जमा हुने कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विरोध सभाका केही तस्बिर हेर्नुहोस्















प्रतिक्रिया दिनुहोस्