
बैतडी ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा भूकम्प गएको छ। जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर शनिबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा स्थानीय म्याग्निच्युड ४.२ को भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको हुन सक्ने भए पनि त्यसको प्रभाव तथा क्षतिको विवरणबारे थप जानकारी प्राप्त भएको छैन ।
प्रकाशित मिति : २०८३ कात्तिक ९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्