सुर्खेत,१५ चैत/ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अपराधी र भ्रष्टाचारीको युग कर्णालीबाट समाप्त भएको भएको बताएका छन् ।
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
समाजमा बढ्दै गएको अपारध र भ्रष्टाचार कर्णाली प्रदेशबाटै समाप्त हुने उनको दाबी थियो । ‘युवाहरु दिनदिनै दुव्र्यसनी र अपराधिक क्रियाकलापमा सहभागी भैरहेका छन् तर अब उनीहरुको दिनगन्ती सुरु भएको छ ।’ उनले भने ।
विप्लब समूह र केही अराजक युवाहरुका कारण कर्णालीका जनता त्रसितपूर्ण वातावरणमा बाँचिरहेको भन्दै जनताको सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्ने मुख्यमन्त्री शाहीले बताए । -ujyaaloonline.com
प्रकाशित मिति : २०७४ चैत १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्