दैलेख,१३ चैत/ श्रीमतीलाई संवेदनशील अङ्गमा घोचेर घाउ बनाउने दैलेखका सूर्यबहादुर रावतमाथि ज्यान मार्ने उद्योगको मुद्दा दायर गरिने भएको छ ।
घाइते श्रीमतीले डम्बरकुमारी राउतले अस्पतालकै शैय्याबाट दिएको जाहेरीको आधारमा प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको हो ।
अनुसन्धानका लागि दैलेख जिल्ला अदालतले मंगलवार नै ७ दिनको म्याद दिएको र अहिले मुद्दा दायरको तयारी भइरहेको प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।
दैलेखका दैलेखका प्रहरी नायव उपरीक्षक पौडेल तथा महिला विकास अधिकृत पवित्रा पुरीले जिल्ला अस्पताल पुगेर डम्बरकुमारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–४, चिमे गाउँकी डम्बरकुमारीलाई अहिले बस्दै आएको भैरवी गाउँपालिका–४ गडाजिउलामा श्रीमानले घाइते बनाएपछि गएको शुक्रबार अस्पताल लगिएको हो ।
उपचार सुरु भएको पाँचौं दिनमा सामान्य दिसापिसाव गर्न आफै जान सक्ने भएको अस्पतालले जनाएको छ । डम्बरकुमारीका श्रीमान सूर्यबहादुर प्रहरी हिरासतमा छन् । -ujyaaloonline.com









प्रतिक्रिया दिनुहोस्