उनीहरुले कोड पठाउनेवित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेजमा जाने छ । जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेस प्रहरीलाई जाने गरी मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।
साइरनको उद्घाटन पछि कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारीसधानमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए । उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।
कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए । यसअघि कर्णाली प्रदेशका सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको थियो ।
प्रकाशित मिति : २०७४ फागुन १९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्