मिनी ट्रकले बर्दियामा एक जनाको मृत्यु



 

मिसन सामाचारदाता माघ २३   ढैयाताल ८ स्थित बम्रेली टोल नजिक मिनी ट्रकले मोटर साईकल लाई ठक्कर दिदा मंगलबार मोटर साईकल चालकको ज्यान गएको छ ।
नेपालगंज देखि गुलरिया तर्फ आउँदै गरेको भे १ ख ५२८ नम्बरको मिनी ट्रक र बढैयाताल ८ स्याउली बजार बाट नेपालगंज तर्फ जादै गरेको भे ४ प ५९८४ नम्बरको मोटर साईकल एक आपसमा ठक्कर दिँदा मोटर साईकल चालकको ज्यान गएको हो ।
विपरीत दिशा तर्फ आउँदै गरेको मिनी ट्रक र मोटर साईकल बढैयाताल ८ साविक कालिका गा.वि.स बम्रेली टोल जाने चोक नजिक एक आपसमा ठोकिदा बढैयाताल ८ स्थित स्याउली बजार निवासी डि.वि. क्षेत्रीका कान्छा छोरा बर्ष ३१ का झग बहादुर क्षेत्री (शुनिल) को घटना स्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान अन्दाजी ८ ः १५ बजेको समयमा ठक्करदिने गाडी र गाडी चालक कोहोल नगरपालिका वडा नम्बर—३ मैटवा बस्ने वर्ष २६ का रामलौटन चाधरीलाई प्रहरीको नियन्त्रमा लिएको ईलाका प्रहरी कार्याल बढैयाता–६ मैनापोखरले जानकारी गराएको छ ।
सडक दृर्घटना बाट ज्यान गुमाएका पीडित पक्षले ठक्कर दिने चालकलाई कावारही र ततकाल क्षेतीपुर्ति उलब्ध गराउनु पर्ने माग राख्दै नेपालगंज गुलरिया सडक समचार तयार पार्दा सम्म अवरुध गरेका छन् । सडक अवरुद्ध भएपछि यात्रुहरुले सास्ती भोग्नु परेको यात्रुहरुले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार