नेपालगञ्ज,८ माघ/ नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रादेशिक महोत्सवमा फत्ते बाल आखा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ ।
महोत्सवमा सहभागी हुन आउने दर्शकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् ।
प्राथमिक उपचार गरेर अन्य उपचारका लागि रेफरको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ । माघ ११ गतेबाट सुरु हुने महोत्सव माघ २२ गतेसम्म सन्चालन हुने छ ।
महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी पहिलो पटक आंखा शिविर आयोजन ा गर्न लागिएको हो ।
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्