
दाङ ।
दाङ प्रहरीले झन्डै ७९ ग्राम लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिक – ९ मछाइका ३१ वर्षीय गोविन्द खड्का पक्राउ परेका हुन् । उनी घोराही – ८ शान्ति टोलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट ७८ ग्राम ९०० मिलीग्राम ब्राउनसुगर र दुई लाख ७७५ रूपैयाँँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हेमबहादुर केसीले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका खड्का लागूऔषध डिलर हुन् । उनीविरूद्ध यसअघि पनि प्रहरीमा तीन वटा लागूआौषध सम्बन्धी मुद्दाहरू थिए । जिप्रका दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । लागूऔषध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतले सात दिनको म्याद थप गरेको डिएसपी केसीले बताए ।
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्