काठमाडौँ ।
आधुनिक जीवनशैलीमा सुरक्षित, सहज र भरपर्दो तातोपानीको आवश्यकतालाई ध्यानमा राख्दै केन्टले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटरमार्फत उपभोक्तालाई नवीन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोजन प्रदान गर्दछ । केन्टका पोलर, थर्मोक्यू र हिटवेभ सिरिजका वाटर हिटरहरू घरपरिवारको दैनिक आवश्यकताअनुरूप डिजाइन गरिएका छन् । जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका लागि तातोपानीको सहज उपलब्धता महत्वपूर्ण हुन्छ । यस आवश्यकतालाई सम्बोधन गर्न केन्टका वाटर हिटरहरूमा आधुनिक तताउने प्रविधि, विशेष सुरक्षा प्रणाली र टिकाउपनलाई प्राथमिकता दिइएको छ ।
पोलर सिरिजः आधुनिक डिजाइन र भरपर्दो सुरक्षा
केन्ट पोलर इलेक्ट्रिक वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध सिरिज हो । आकर्षक डिजाइन तथा प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधासहित तयार गरिएका यी मोडेलहरूले घरको आवश्यकता र उपलब्ध स्थानअनुसार उपयुक्त विकल्प छनोट गर्न सहज बनाउँछन् । यस सिरिजका प्रमुख विशेषताहरूमा एन्टी–हाई प्रेसर प्रोटेक्सन, ओभरहिट प्रोटेक्सन, एन्टी–कोरोजन तथा स्केल सुरक्षा, एन्टी–ब्याक्टेरियल प्रविधि र उत्कृष्ट ग्लासलाइन कोटिङ समावेश छन् । साथै, विद्युतीय झट्काको जोखिम कम गर्न इएलसिबी सुरक्षा प्रणाली पनि प्रदान गरिएको छ ।
थर्मोक्यू सिरिजः बढी तातोपानी र छिटो तताउने प्रविधि
केन्ट थर्मोक्यू वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध छ । यस सिरिजमा समावेश हिट प्लस टेक्नोलोजीले सामान्य तताउने प्रक्रियाको तुलनामा २० प्रतिशतसम्म बढी तातोपानी उपलब्ध गराउन सहयोग गर्ने विशेषता राख्छ । यसमा रहेको ह्वीर्लफ्लो टेक्नोलोजीले पानी छिटो तताउन सहयोग गर्छ भने एन्टी ब्याक्टिरियल स्ट्रेलाइजेसन टेक्नोलोजीले पानीको स्वच्छतामा सहयोग पु¥याउँछ । सुपरियर ग्लासलाइन कोटिङले भित्री ट्याङ्कीको टिकाउपन र क्षरण प्रतिरोधमा सहयोग गर्छ । त्यस्तै, इएलसिबी प्रणालीले विद्युतीय झट्काबाट थप सुरक्षा प्रदान गर्ने उद्देश्य राख्छ ।
हिटवेभ सिरिजः दैनिक प्रयोगका लागि व्यावहारिक विकल्प
केन्ट हिटवेभ सिरिजमा १० लिटर र १५ लिटर क्षमताका वाटर हिटर समावेश छन् । घरपरिवारको दैनिक तातोपानी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस सिरिजमा हिट प्लस टेक्नोलोजी, ह्वीर्लफ्लो टेक्नोलोजी, एन्टी ब्याक्टिरियल स्ट्रेलाइजेसन टेक्नोलोजी, सुपरियर ग्लासलाइन कोटिङ तथा इएलसिबी सुरक्षा प्रणालीजस्ता विशेषताहरू समावेश छन् । यी प्रविधिहरूले प्रभावकारी तताउने कार्य, स्वच्छतामा सहयोग, ट्याङ्कीको सुरक्षा र दैनिक प्रयोगमा थप सहजता प्रदान गर्ने लक्ष्य राख्छन् ।









प्रतिक्रिया दिनुहोस्