पोषण मेला सम्पन्न



मिसन सामाचारदाता पुस २९ /पोषण युक्त आहार स्वास्थ जीवनको आधार भन्ने नाराका साथ माघी पर्वको अवसरमा आयोजनामा बाँकेको कोहलपुर नगरपालिका —५ रझेनामा शुक्रबार पोषण मेला सम्पन्न भएको छ । मेलाको बाँके प्रदेशसभा १ (ख) की सांसद आरती पौडेलले उद्घाटन गरेकी थिईन ।
त्रिवेणी विकास समाज हवलदारपुरको आयोजनामा गरिएको पोषण मेलामा संस्थाकी स्वास्थ्य सामुदायिक सहजकर्ता कुस्मा श्रेष्ठले कार्यक्रमको उद्देश्यमा प्रकाश परेकी थिइन् । खास गरी सुत्केरी गर्भवती तथा बालबालिकाको स्वास्थका लागि आवश्यक पर्ने पोषणलाई मध्यनजर गरी गरिएको थियो । मेलामा सात वटा समुहका महिला सदस्यहरुले उत्पादन गरिएका खाद्यान्न तथा पोषण सम्बन्धी सामाग्रीहरु प्रर्दशन गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रम सहित गरिएको कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, भेरी शित भण्डारका अध्यक्ष डोलराज अर्याल,नेपाली काँगे्रसका क्षेत्रिय, सभापति माधवराम खत्री जनप्रतिनिधिहरु सर्वसाधारण लगाएतको उपस्थिति रहेको थियो कार्यक्रम त्रिवेणी विकास समाज हवलदारपुरका अध्यक्ष प्रमोद चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार