कथाः फेरिएको आगन !



नवराज भट्ट

घरायसी जिम्मेवारीको कसिलो भारी बोकेर ओठ माथि जुँगाको रेखि बस्दा नबस्दै भर्खरको कल्कलाउँदो उमेरमा घरबाट निधारमा रातो टीका लगाएर रोजगारी खोज्दै काठमाडाँै सहर हुँदै कोहलपुर पुगेका थिए शंकर र्। आफ्नो थाप्लो आफ्नै काम्लो भनेझैँ ,’ एउटा जिम्मेवार छोराको कर्तव्य वहन गर्नु थियो उनलाई । त्यसैले. एउटा जिम्मेवारी बोकेर घरबाट निस्किएका थिए उनी । काठमाडाँैमा काम खोज्न हिँडेका शंकरलाई त्यहाँको सेन्टर कार्यालयले आफ्नो ब्रान्च कोहलपुरमा पठाउँछ । “नखाँउ भने दिनभरीको सिकार खाऊँ भने कान्छो बाउको अनुहार भनेझैँ ,” शंकरलाई दुविधा पैदा हुन्छ । अथक मेहनत र प्रयासपछि प्राप्त भएको त्यो नोकरी खेर फाल्न पनि चाहँदैन थिए उनी । अन्तत ः आफ्ना कयौं रहर र इच्छाहरुलाई गुमनाम राखेर टाढाको त्यो बस्तीमा पुगेका थिए । २०५१ साल आसपासको कुरा हो । शंकर यसरी एउटा जिम्मेवार छोराको दायित्व बोकेर घर खर्च चलाउनु पर्ने वाध्यतामा काठामाडौँ देखि कोहलपुर हिँडेका थिए । लामोबाटो चुनौतीपुर्ण दिन र अरुको खटनमा चल्नुपर्ने नोकरी ! शंकरलाई महत्वपुर्ण चाडवाड र भैपरी आउँदा बाहेक हम्मेसी घर आउजाउगर्न कठिन नै भयो । त्यसपछि गाउँघर सँग सम्पर्कहरु पातलिन पुग्यो तर पनि गाउँघरको त्यो याद भने ऊ भित्र ताजा नै रहेको थियो । बा स्वर्गे भएको धेरै पछि आमा पनि स्वर्गे हुनुभयो । त्यसपछि झनै गाउँ आउजाउ गर्ने क्रम पातलिन पुग्यो । समयको चाप ,वहाव र गति चर्खाझंैँ घुमिरहँदो रहेछ । उसको मानसपटलमा आफू जन्मेहुर्केको गाउँठाउँको यादले आमा बुबाको यादलेझैँ कब्जा जमाएको थियो । समयको त्यो लामो अन्तरालमा एकदिन उसलाई गाउँ जाने इच्छा प्रकट हुन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ आखिर कोहलपुरबाट काठमाडौँ जाने कार्यक्रम तय हुन्छ । र अन्तत ः शंकर रातभरको नाइट गाडी चढेर भोलिपल्ट काठमाडाँै पुग्छन् । गाउँ पुग्न काठमाडैँबाट फेरी अर्को गाडी फेर्नुपर्ने हुन्थ्यो । यद्दपी रिटाएर पछि गाउँमै फर्केर बस्ने सोच भने बनाएकै थिए उनले । दुइ रात काठमाडाँै बसेर बस चढेर गाउँ हिँड्छन् शंकर । बसका सिटहरु भरी भराउ थिए । ती भरिभराउ सिटहरुमा आँखा कुदाउँदै कुनै परिचित अनुहारहरुको खोजिमा थिए । बस आफ्नै रफ्तारमा अघि बढ्दै थियो । प्राय ः प्यासेन्जरहरु आफ्नै धुनमा देखिन्थे । बसमा म्युजिक भिडियो गुञ्जिरहेको थियो । लाग्थ्यो यात्रुहरु म्युजिकको तालमा झुमिरहेकाछन् तर शंकरको आँखाले भने कुनै परिचित अनुहारहरु खोजिरहेको हुन्थ्यो । आफ्नै गाउँठाउँ जाने गाडीमा पनि चिनेजानेको कोही नभेट्टिनु कस्तो विडम्बना ! भन्दै अलि दिकदार मानेभैmँ गरे उनले । बसको झ्याल खोलेर नजर बाहिर दौडाउन थाले । कन्डक्टरले टिकट चेक गर्दै आयो र्। टिकट दाइ टिकट !’ भन्दै शंकरलाई घचघच्यायो । शंकरले झस्केझैँ गरेर खल्तीबाट बसको टिकट निकाले र कन्डक्टरलाई दिए । बाहिर लेकबेसी र सेता हिमालको काखबाट बगेका लामा लामा झरनाहरु टड्कारै देखिन्थ्यो शिवपुरीको डाडाबाट । भर्खर चलेको थियो त्यो बाटो । उनी त्यो बाटो भएर पहिलो पटक हिँडेका थिए । “गाउँ छोडेको पनि लामै भएछ कस्तो भयो होला त्यो गाउँ ? वालसखाहरु रामे ,चन्दे्र र भैरे के गर्दै होलान् ? सानो छँदा असाध्यै माया गर्ने बिरमान काका कस्ता भए होलान् ?” बसको झ्यालबाट बाहिर हेर्दै पल्टाउँदै गए उनले ति स्मृतिका पन्नाहरु । “गाउँ समाज भनेको जिँदाको जन्ती र मर्दाको मलामी हो बाबु सहर बजार भनेको त केहि दिनको रमझम र एउटा अवसरको माध्यम मात्र हो ! हेरत ति गुन्टा बाक्सा बोक्ने लाहुरेहरुलाई देश विदेश काँ काँ पुगेर पनि आखिर आफ्नै गाउँमा फर्केर आएकाछन् ।” भन्दै बाटाघरे रिटायर सुवेदार बाले कुनैबेला आफूलाई दिएको संदेश शंकरको मानसपटल भित्र कताकता गुन्जिरहेको थियो ।

दिव्यवाणीझैँ थिए ति भनाइहरु । उहाँका ति अर्ति उपदेश भित्र आफ्नो जन्मभुमी प्रतिको अगाध प्रेम र स्नेहको सुगन्ध आउँथ्यो तर शंकरको जिन्दगीले अलग्गै मोड लिएको थियो । उनले चाहेर पनि जिन्दगीको आफ्नो महत्वपुर्ण क्षणहरु त्यस गाउँमा बिताउन पाएनन् । त्यस गाउँमा आधारहिनझैँ भएका थिए शंकर । त्यहाँ रहेर न रोजिरोटी चलाउन सके न दुःख सुख शेयर गर्ने कोही नै भेटिए । त्यसैले सुवेदार बाको त्यो सुन्दर उपदेश र संदेश सँग उनको जीवनको कुनै तादम्यता मिलेको थिएन । जीवनका बाटाहरु नागबेली जस्तै रहेछन् निश्चित गन्तव्य ठम्याउनै हम्मे हुँदो रहेछ । बाहिरका ति वन बाटिकाहरु नियाल्दै गर्दा अनगिन्ती अनुभुतिहरुमा डुब्दै र तैरिँदै थिए शंकर । गाडी आफ्नै रफ्तारमा कुदिरहेको थियो अकस्मात गाडी जाममा प¥यो । धेरै यात्रुहरु बसबाट ओर्लिए र साथमा शंकर पनि । सडक वरपर यात्रुहरु जम्मा नहुँर्दै पानी पुरी…! चाउचाउ…..! ’ भन्दै खुद्रा व्यापारीहरु यात्रु भएतिर आए । शंकर पनि ठेला नजिकै पुगे । एक महिला व्यापारी चिया चुरोट बेच्दै थिइन् । “खै एक कप चिया दिनुस् त बैनी !”भन्दै उनले चिया अर्डर गरे । अनि चुरोट पनि मागे । चुरोट पिउने आदत नभएपनि कहिलेकाहीँ चुरोट पिँउदा मुड फ्रेस हुन्छ भन्ने सोच थियो उनीभित्र । चिया सँगै पिएको एक सर्को चुरोट आकासमा उँडाए । त्यहाँ भरिएका यात्रुहरु माझ आँखा कुदाए । र त्यहाँ पनि कुनै परिचित अनुहार ठम्याउन सकेनन् । गाडीको हर्न बज्यो । खलाँसीले बेस्सरी चिच्याउँदै भन्यो , ‘ जाम खुल्यो……!’ शंकर आधा कप चिया छोडेर बसको सिटमा पुगे । म्युजिक भिडियोको लयसँगै बसले पुनः गन्तव्य पक्रियो । बस छहरे ढिकुरे हुँदै त्रिशुली तरेर पावर हाउसको नजिक पुग्दा उसलाई आफ्नै गाउँ पुगेको आभाष भयो । यद्दपी गाउँ पुग्न अझ बाँकी नै थियो । बसबाट ओर्लिएर जिल्लाकै पुरानो त्रिशुली बजार पुगे शंकर । कुनैबेला तिन जिल्लाको रासनपानी किनमेल गर्ने त्यो पुरानो बजार जहाँ खुट्टा टेक्ने ठाउँ हुन्थेन । “किन अलि सुनसान भए जस्तो लाग्छ हँ बजार ?” भन्दै शंकर साथको मान्छेलाई सोध्छन् ।उसले आफूले जानेसम्मको जवाफ दिन्छन् ,“ हिजो गाउँदेखि मान्छेहरु बजार गर्न आउँथे र पो बजार भिड हुनेगथ्र्यो अबत गाउँगाउँमा गाडीघोडा र पसलहरु पुगिसके । फेरी पहिले जस्तो गाउँमा मान्छे पनि कहाँछन् र ! ”उसले दिएको जवाफ सुनेर केही हर्ष र केही बिस्मात बोकेर शंकर अगाडि बढ्दै गए । हर्ष गाउँघरमा गाडीघोडा पुगेकोमा र विस्मात गाउँमा युवा पातलिँदै गएकोमा । दसैँ तिहार आउँदा ति दिन बाको हात समाएर कपडा किन्न बजार डुल्दा आफूले नछोडेको त्यो वाल ढिपी सम्झिएर शंकरको मन कुँडियो । बजार का ति पुराना दोकानहरुमा पनि चिनेजानेका कोही भेटिएनन् । शंकर हातमा ब्याग बोकेर पुरानो गोरेटो पछ्याउँदै अघि बढ्छन् । जुन बाटोमा स्कुल पढ्दा कयौ पटक ओहोर दोहोर गरेका थिए । ति पुराना यादहरुमा डुबुल्किँदै खोल्सी र गौंडा हुँदै शंकर एउटा टाकुरामा पुग्छन् । स्कुल ,कलेज पढेर घर फर्कँदा थकाई मार्ने वर पीपलको चौतारीमा केहीबेर बस्ने निधो गर्छन् र प्रकृतिसँग बात मार्न खोज्छन् । बाङ्गेचौर , त्रिभूवन हाइस्कुल , बानरे , बौद्ध स्तुपा अनि बनदेवी थान । टड्कारो देखिन्थ्यो त्यहाँबाट । अनि त्यो माटो जहाँकैयन वर्ष कदापी नथाकी कुदेका पाइला । आज कैयन दिनपछि टेक्न र देख्न पाउँदा हर्षका अश्रुधारा बग्दै थियो ।

“बाल्यकालमा मान्द्रो र भकारी बारेर क ख रा शुरुगरेको भैरुम प्रा.वि हाल आएर तिन तलाको उच्च मा वि भएको थियो । क ख रा पढाउने राम गुरु , सुर्य सर र ¥यानुका मिसको चेहरा शंकरको मस्तिष्कमा कुद्धै गयो । सँगै पढ्ने साथीहरु कपिल सुरज ,निरन ,रमेश ,नवीन र प्रल्हाद …….आदि आदि.। सम्झँदै उनी भन्छन् कहाँ के गर्दै होलान् उनीहरु ? आँखामा दृष्य र छात्तीमा सम्झना बोकेर सुसेल्दै उनले भने , “हाय मेरो गाउँ ,मेरो वालापन !” आठ कक्षामा पढ्दै गर्दा प्रस्तावित भैरुम मा.वि त्यसवर्ष स्वीकृत नभएपछि त्रिभुवन मा .वि.मा भर्ना भएका थिए उनका ति व्याजी साथीहरु । नदि किनारामा थियो राम मन्दिर र मन्दिर सँगै थियो त्रिभुवन मा.वि । त्यस स्कुलबाट शंकरले २०४७ सालमा एस एल सी पास गरेका थिए । दश कक्षा पढ्दै गर्दा त्यस स्कुलको मैदानमा रनिङ सिल्ड भएको थियो । रनिङ सिल्ड हुँदा खेल प्रतियोगितामा भाग लिएका थिए शंकरले पनि । त्यस प्रतियोगितामा त्रिभुवन मा वि प्रथम भएको थियो । त्यतिबेला स्कुलको नाममा सिल्ड उचालेर अबिरजात्रा गरेका दिनहरु र सँगै रनिङ सिल्ड खेल्ने साथीहरु सम्झिएर शंकर टोलाउन पुगे । रामबाबु ,कुमार पवन ,सरस्वती र सँगीता आदि आदिको मुहार गहिरो गरी उनको दृष्य वरीपरि नाच्दै थियो । समय ,भेट र सम्बन्ध बिच सिधा र समथर बाटोहरु रहेनछन् । कतै उच्च डाडा र कतै गहिरो खाडल ? किनारालाई चुम्दै अगाडी बगेको नदीझैँ रहेछकी मान्छेको जिन्दगी । ति रमाइलो दिन सँगै खेल्दै र कुद्दै फेरी पनि त्यो मैदानमा के हाम्रो भेट सम्भव होलार ? अनुत्तरित कैयन यी प्रश्नहरुमा शंकर अल्झिँदै गए । कतै यहाँ ति नै साथीहरु अकस्मात भेट भैहाल्यो भने के हामी एक आपसमा चिन्न सकौँलार ? यो विस्मृति भित्र स्मतिको पन्ना पल्टाउँदै शंकर आफ्नो गाउँको उकालो चढ्दै थिए । त्यहाँबाट केउरिनी फाँटहरु पनि नजिकै देखिन्थ्यो । जहाँ कयौँ मास हातमा कोदाली बोकेर हिलोबौसे गरेका दिन सँगै हलोजुवा गर्ने जिते दाइ र रामकाजी दाइको अनुहार पनि परेलीको डिलमा कुद्दै थियो । आज ,“काहाँ होलान् ति दाइहरु ? अनि कस्तो होला उहाँहरुको अवस्था ? अनि कहाँ होलान् तिनै फाँटमा दाइँ हाल्दै रमाउने साथीहरु ? पलपलका ति क्षेणहरुले शंकरको छाती धस्दै लगेको थियो । असारमा मानो रोपेर मङसिरमा मुरी फलाउने त्यो फाँट आज खोलो पसेर खेत बगर भएको र बगर खेत भएको हुन्छ । अनि पौडी खेल्दै र ढुङ्गा पल्टाउँदै माछा मार्ने त्यो केउरिनी खोलामा ढुङ्गा फुटाल्ने मेसिन ,डोजर र टिप्परहरु दौडिरहेको हुन्छ र्। हाय ! ति खोला , ति वन अनि वालापन ! ’ गाईबाख्रा चराउँदै पात बजाएर ठट्टा गर्दै रमाउने बनकुनाको त्यो ऐँसेलु झाडी भित्र ति दिनहरुमा ऐंसेलु टिप्दा कोतरिएका आफ्ना ति कोमल हात सुमसुम्याउँदै सुस्केरा हाल्दै शंकरले आफैलाई प्रश्न गरे । “कहाँ गए होलान् ती मेरा बालापनहरु ?”

प्रश्न सरल र जटिल दुबै छन् । फेरबदल उसभित्र मात्र होइन । फेरबदल ति खोला , ति फाँट अनि ति पाखा पखेरीहरुमा पनि आएको हुन्छ । किन की हिजो देखिएको दृष्यहरु आज भिन्दै भएकाछन् । हिजो को त्यो रमणिय चौतारी आज सुनसान भएको छ । चौतारीको पेटिमा विछ्याइएका ति ढुङ्गाहरुमा बागचाल खेल्न बनाएको कोठाका धमिलो धर्सा हेरेर शंकरलाई कुनै दिन सँगै बागचाल खेल्ने ध्रुव दाइको सम्झना हुन्छ र्। कहाँ होलान् आज ति धु्रव दाइ ?’ मान्छे सँगै समाज र प्रकृतिमा पनि यसरी बदलाव आएको देखेर शंकर छक्क पर्छन् । उसलाई गाउँ जानु थियो हातमा ब्याग बोकेर उनी त्यहाँबाट जुरुक्क उठ्छन् । गोरेटो बाटो गएर नयाँ सडकमा गएर मिसिन्छ । माथि सल्लेडाँडामा भ्यू–टावर बन्दै थियो । रुखको सुरीलो टुप्पाबाट कोहीली चरी कोहो.. कोहो..गर्दै थिइन् । कोहिलीको मिठो आवाजमा पुलुकित हुँदै शंकर सानो बजारमा पुग्छन् । भर्खर भर्खर बसेको हुन्छ बजार । शंकर अलि थकित पनि भएका छन् । खाजा खाने केही होटलहरु थिए त्यहाँ । शंकरलाई खाजा खाने तिव्र इच्छा हुन्छ । त्यसपछि उनी एक होटलमा पस्छन् । एउटी अधवैंसे महिला काउन्टरबार्ट के लिनु हुन्छ सर ?’ भन्दै थिइन् । उनले खाजाको परिकारको बारेमा केही जानकारी लिए । होटल साहुनीले एक बोतल पानी र शिसाको गिलास टेवुलमा राख्दै भन्छिन् ! “चाउमिन , थुप्पा , म म ,खाजासेट त्यस्तै त्यस्तै…… ।” शंकरले गिलासमा पानी खन्याउँदै भने र्! एक प्लेट म म ! ल ?’ होटल साहुनी म म बनाउन गइन् । तवसम्म शंकर यताउती हेर्दै थिए । कुनै दिन दिउँसै स्याल कराउँदा साँझ बिहान एक्लै हिँड्न डर हुने बनकुनाको यो खोचमा यतिका घरहरु बनेर बजार बसेको देख्दा शंकर दङग भए । “बहिनी यहाँ बजार बसेको कति भयो ?” मन चुप रहन नसकेपछि शंकरले होटल साहुनीलाई सोधे । मम बनाउँदै होटल साहुनीले जवाफ दिइन् , “भयो सर चार ,पाँच वर्ष !” “कहाँका मान्छेहरुछन् बहिनी यहाँ ?” शंकरलाई थप जान्ने इच्छा भयो । केउरिनी , हर्कपुर, माने भन्ज्याङ त्यस्तै त्यस्तै ठाउँका ! भन्दै मन्द हाँसो छोडेर होटल साहुनीले छोटोमा जवाफ दिइन् । मम टेवुलमा आइपुग्छ । एक डल्लो मम उठाउँदै पुन ः सोधे शंकरले र्। अनि तपार्इँ ?’शंकरले प्रश्नै गर्न नभ्याई होटल साहुनीले जवाफ दिइन् र्, हामी त सामरी भन्ज्याङको !’ गफगाफमै एक प्लेट मम सकेर शंकर त्यहाँबाट बिदा हुने तर्खरमा हुन्छन् । हिँड्ने बेला होटल साहुनीले भिजिटिङ कार्ड दिइन् र आउँदै गर्नुहोला है सर ! भन्दै मन्द मुष्कान छोडिन् । कार्डमा नाम थियो मन्दिरा नगरकोटी । शंकर हुन्छ बस्नोस् है भन्दै अघि बढे । त्यो सानो बजारमा अघि बढ्दै गर्दा अघिको भन्दा फरक दृष्यमा शंकरको आँखा पर्छ । एकजना बृद्ध मान्छे झुत्रोमैलो बनेर हिँडिरहेका हुन्छन् । ति बृद्ध बाको अघि पुगेर अल्मलिएझैँ गरी उनी रोकिन्छन् । गाउँ आइपुग्नै लागेको थियो । अगाडि केही दाँत झरेका , निधारमा ठाडो चन्दनको टीका लगाएका अनि गलामा रुद्राक्षको माला भिरेका ,शिरमा ढाका टोपी ढल्काएर काँधमा पहेँलो गम्छा बेरेका एक बृद्ध बासँग शंकरको केहीबेर हेराहेर हुन्छ । घाम डुब्नै लागेको थियो । पश्चिम दिशाबाट बृद्ध बाको मुहारमा घामको एक झुल्का पर्दा शंकरलाई थाहा भयो उनी डाँडाघरे माइला बा रहेछन् ।

“के छ तपाईँको हालखबर माइला बा ?” भन्दै विनम्र भावमा शंकरले सोधे । उहाँ पहिलेको भन्दा विल्कुल फरक लबाइ हिँडाइमा हुनुहुन्थ्यो । शारिरिक र मानसिक रुपमा पहिले भन्दा विल्कुल फरक देखिन्थे माइला बा । वर्षौँ पछि कसैले माइला बा भनेर बोलाएको सुन्दा उनी रनभुलमा परे । “म शंकर हो माइला बा…. ! चिन्नु भएन ?” शंकरले पुनः दोहो¥याए । शंकरलाई अकस्मात त्यहाँ देखेर माइला बा असजिलो मान्दै हड्बडाए । माइला बालाई के भनौं कसो भनौं भयो । केहिबेरपछि लामो सास तानेर भने र्, बाबु शंकर कहाँ थियौ तिमी यतिका दिन ? ’ शंकरले जवाफ दिएर्, म जागिर गर्न पश्चिम नेपाल पुगेको थिएँ माइला बा ।’ शंकरले पुन ः सोधे र्, घर जानेबेला भएनर माइला बा ? र्’ कुन घर ?’भन्दै माइला बाको चेहरामा एकाएक बदलि आयो र बादल लागेको आकासझैँ भयो । शंकरको मनमा चिसो पस्यो माइला बा किन यसो भन्दैछन् । फेरी उनले सोधे र्, के छ माइला बा ठिकठाक त हुनुहुन्छ ?’ शंकरले घरीघरी कोट्याएपछि के ठिक के बेठिक भन्दै अस्ताउन लागेको घाम हेर्दै लामो सास तानेर कथानक शैलीमा भाव विस्तार भए । “बाबु शंकर कथा लामो छ । खाटा बसेको घाउ उप्कायो भने दुख्छ भन्छन् । तिमीलाई नसुनाएर अरु कस्लाई सुनाउँर फेरी । सुन्दिने मान्छेपनि अब यहाँ पाउन गाह्रो भइसकेको छ । बाबु , कथा गहिरो छ । बिक्रम र तिमी सानै देखिको मिल्ने साथी हौ त्यसैले तिमी पनि छोरा जस्तै लाग्छ । के थाहा आज यो दिन भोग्नु पर्छ भनेर ! सम्पती र सन्तती भएर मात्र पनि कहाँ हुन्छर बाबु । आवश्यक पर्दा न ति सम्पती आफ्ना भए न त सन्तान नै । ” घर भएर पनि घर नभएझैँ , सम्पती भएर पनि भुमीहिनझैँ र सन्तान भएर पनि एक्लो भएझैँ किन अभिव्यक्ति दिँदैछन् माइला बा कुन्नी शंकरले केही भेउ पाउन सकेनन् । साँझ प¥यो वरपर अँध्यारोले घेर्दै लग्यो शंकरले हिँड्नोस् घर जाम माइला बा भनेर पुन ः दोहो¥याए । माइला बा ले यही हो मेरो घर भन्दै नजिकै रहेको एउटा भवन देखाए । जुन भवनर्मा बृद्धाश्रम’ लेखिएको एउटा ठूलो साइन वोर्ड झुण्डिएको थियो । “यही हो मेरो घर मेरो बाँच्ने सहारा ।” ल आउँदै गरे है शंकर भन्दै माइला बा बृद्धाश्रम भवनमा पसे । शंकर हेरेको हे¥यै भए । एक जमानाका गाउँको ठूलै खानदानी मान्छे माइला बाको त्यो अवस्था देखेर अचम्मित हुँदै त्यहाँबाट उकालो लागे शंकर । अगाडि पार्टीप्यालेसहरुमा बिहे र पाटीहरु भइरहेको थियो । शंकरलाई एक जमानामा जन्ती बाख्रो लिएर खेत बारीको गह्रामा ताँती लागेर जन्ती भोज खाएको याद आयो । बाटा घाटामा साइरन बजाउँदै गरेको एम्बुलेन्स देखेर कुनैदिन बालाई पिठ्युँमा बोकेर अस्पताल लगेको ति दिनहरुको पनि याद आयो । समय सँगै आएको ति भौतिक र अभौतिक परिवर्तनले शंकरलाई अलमल्ल बनायो । ्झमक्क साँझ परिसकेको थियो । एकहुल गाईका बथान बाटो किनारामा उग्राइरहेका थिए । यति बेला घर गोठको किला दाम्लामा हुनुपर्ने यी बस्तुहरु सहरका छाडा चौपायाझैँ बाटाघाटामा देखेर शंकर दुःखी भए । झमक्क साँझ पर्दै थियो । प्रकृती सँगै मान्छेहरुको परिस्थितिमा आएको बदलाव देखेर सोचमग्न हुँदै जिन्दगी एउटा यात्रा हो की गन्तव्य भन्ने छुट्याउन नसकेर शंकर अलमल्ल परे । आँखामा गाउँको त्यो पुरानो तस्विर बोकेर एउटा पदचाप पछ्याउँदै थली भन्ज्याङ पुगे र घरको आगन टेके । आगन विल्कुल सुनसान थियो । घरमा ताल्चा झुन्डिएको थियो र विल्कुल रित्तो थियो । बाआमा पछि मैले यस घर किन रँग्याउन सकिन र किन फुलाउन सकिन यस आगनमा मखमली ? भन्दै शंकर कयौँ प्रश्नहरुको जगमा उभिन पुगे । त्यतिकैमा परबाट नजिकको नातालाग्ने माइली भाउजुले उनलाई देखेर बोलाउँदै भनिन् , “बाबु यतै खाने बस्ने व्यवस्था छ है ! ”

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार