कोहलपुर ।
बाँकेको अगैया नजिकैको जंगलमा भएको सवारी दुर्घटनामा परी मुत्यु भएका १२ जना र एक घाइतेको अझै पनि परिचय खुल्न सकेको छैनन । आइतबार राती नेपालगञ्जबाट छिमेकी जिल्ला दाङ जादै गरेको यात्रु बाहक फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको घटनास्थल मै मृत्यु भएको हो भने थप २२ जना यात्रु घाइते भएका हुन् । उक्त मिनी बस जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मिनी बसमा भारतबाट आएका मानिसहरु सवार थिए । फोर्स गाडीमा चालक समेत गरि सवार ३३ जना सवार रहेका बताइएको छ । आइतबार राती करीब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिएको हो । अहिले घाइतेहरुलाई भेरी अस्पतालमा उपचार भइरहेको छ
घाइतेहरुको नामावली यसप्रकारको छ ।
१. जिल्ला दाङ धर्ना ४ बस्ने बर्ष ४५ को मेघ जंग के.सी. सामन्य घाईते
२.जिल्ला रोल्पा त्रिबेणी गाउँपालिका ७ बस्ने बर्ष १७ को सुनिल परियार सामान्य घाईते
३. जिल्ला रोल्पा त्रिबेणी गाउँपालिका ७ बस्ने बर्ष २० को बिरेन्द्र परियार सामन्य घाईते ।
४. जिल्ला रोल्पा त्रिबेणी गाउँपालिका ७ बस्ने बर्ष १८ को पुरन परियार सामन्य घाईते ।
५. जिल्ला दाङ तुल्सीपुर नगरपालिका २ बस्ने बर्ष ३९ को बिष्णु गरी गम्भिर घाईते ।
६. जिल्ला सल्यान शारदा नगरपालिका ६ बस्ने बर्ष ३६ की टिका चलाउने गम्भिर घाईते ।
७.जिल्ला दाङ राजपुर ६ बस्ने बर्ष २० को दिपेश चौधरी गम्भिर घाईते ।
८. जिल्ला दाङ तुल्सीपुर नगरपालिका २ बस्ने बर्ष २३ को रुप लाल बि.क. गम्भिर घाईते । ।
९.जिल्ला रोल्पा कुरेली बस्ने बर्ष ५२ को नर बहादुर बि.क. गम्भिर घाईते ।
१०.जिल्ला दाङ राजपुर गाउँपालिका २ बस्ने बर्ष २१ को जिवन घर्ति गम्भिर घाईते ।
११. जिल्ला रोल्पा टुटु बस्ने बर्ष ४० को दिल बहादुर बि.क. गम्भिर घाईते ।
१२.जिल्ला सल्यान कुपिन्डेदह गाउँपालिका ६ बस्ने बर्ष २० को मिन राज बि.क. गम्भिर घाईते ।
१३.जिल्ला सल्यान कुमाख गाउँपालिका बस्ने बर्ष ४० को तेज बहादुर बुढाथोकी गम्भिर घाईते ।
१४.जिल्ला सल्यान छापडाडा ५ बस्ने बर्ष १८ को धन बहादुर बोहरा गम्भिर घाईते ।
१५.जिल्ला सल्यान शिद्ध कुमा ४ बस्ने बर्ष १८ को लोकेश घर्ति गम्भिर घाईते ।
१६.जिल्ला सल्यान कुपिन्डेदह गाउँपालिका ६ बस्ने बर्ष ५२ को दिप बहादुर बुढा गम्भिर घाईते ।
१७ .जिल्ला दाङ गढवा गाउँपालिका ६ बस्ने बर्ष २० को भरत थापा गम्भिर घाईते ।
१८.जिल्ला सल्यान शिद्ध कुमा बस्ने बर्ष २६ को शिब भण्डारी गम्भिर घाईते ।
१९. जिल्ला सल्यान शिद्ध कुमा बस्ने बर्ष १८ को देबेन्द्र खड्का गम्भिर घाईते ।
२०.जिल्ला सल्यान शिद्ध कुमा बस्ने बर्ष १७ को ज्ञान बहादुर बोहरा गम्भिर घाईते ।
२१. जिल्ला सल्यान शिद्ध कुमा बस्ने बर्ष २६ को मिन बहादुर वली गम्भिर घाईते ।









प्रतिक्रिया दिनुहोस्