नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टी, कोरोना संक्रमणबाट मृत्यु हुने दुई



बाँके ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वषर्ीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ४ गते आइतबार