रसुवा बाढीमा पाँच हजारभन्दा बढी नागरिक सम्पर्कविहीन



 रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित भएको क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस

काठमाडौँ ।

रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या करिब १३ सय जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २९५ जना पुगेको हो । तीमध्ये हालसम्म रसुवामा १४०, तनहुँमा ३८, नुवाकोटमा १८४ जनाको शव फेला परेको छ । यस्तै नवलपरासी पूर्वमा २१९, धादिङमा ६३, नवलपरासी पश्चिममा २१२, गोरखामा ७३ र चितवनमा विभिन्न मानव अंगसहित ३५९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म सनाखत भई बुझिलिएको शवको सङ्ख्या ९६ वटा रहेको छ ।

हालसम्म सम्पर्कविहीन नागरिको सङ्ख्या करिब ५,०५३ रहेको छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका करिब २१३० जना, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका करिब २३४० जना र विदेशी नागरिकहरू ५८३ जना रहेका छन् । हालसम्म उद्वार गरिएकाहरूको सङ्ख्या १३,०९५ रहेको छ ।  हालसम्म उपचार गरिएका घाइतेको सङ्ख्या ५,६६३ जना रहेको छ । विभिन्न अस्पतालमा ३१४ जनाले उपचार गराइरहेका छन् । नेपाली सेनाबाट स्वास्थ्य उपचार भएको सङ्ख्या ३,२६६ रहेको छ । सशस्त्र प्रहरीबाट स्वास्थ्य उपचार भएको सङ्ख्या २,०८४ जना रहेको छ ।

हाल खोज, उद्धार र राहत कार्यमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाल प्रहरी ७,९३१ जना, नेपाली सेना ९,२८७ र सशस्त्र प्रहरी बल, नेपाल ४,२०३ जना रहेका छन् । सरकारले हालसम्म काठमाडौँबाट ७७ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य र गैरखाद्य सामाग्री र हेलिकप्टरबाट ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाएको छ । हालसम्म सशस्त्र प्रहरीद्वारा नुवाकोट र रसुवा जिल्ला भित्र १६३ हवाइउडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ । होल्डिङ सेन्टरमा ४,५२१ आश्रित छन् ।

नुवाकोटमा ३,१८१ जना, धादिङमा २५ जना र रसुवामा १,१४१ जना रहेका छन् । बाढीका कारण ७५७० वटा निजी घरहरू र कूल ४८ वटा सरकारी संरचनामा क्षती पुगेको छ । तीमध्ये ३५ वटामा पूर्ण र १३ वटा संरचनामा आंशिक क्षती पुगेको छ । विद्यालयको १८ वटा विद्यालयमा क्षती भएको छ । तीमध्ये कूल ११ पूर्ण क्षती र ७ वटामा आंशिक क्षती पुगेको थियो । ७ वटा स्वास्थ्य संस्थाहरूमा क्षती पुगेको छ । ५५ किलोमिटर सडकमा पूर्ण क्षती पुगेको छ । कूल मोटरेवल ३७ वटा वटा मोटरेबल पुलमध्ये ३३ पूर्ण क्षती र ६८ वटा झोलुंगे पुलमा क्षती पुगेको छ । ३ खर्ब ८७ अर्ब ५४ करोडको कूल आर्थिक क्षती तथा नोक्सानी भएको छ । शिघ्र पुर्नलाभका लागि आवश्यक पर्ने रकम रू ७ अर्ब १५ करोड आवश्यक रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार