नेपालगञ्ज,२७ पुस/ नेपालगन्जमा बिहिबार सम्पन्न एचसीआरसी कप ब्याडमिन्टनको यु–१६ तर्फ सफल थापा र समिक्षा न्यौपाने च्याम्पियन भएका छन ।
नेपालगन्ज कभर्डहलमा बिहिबार सेन्ट थोमस स्कुलका सफलले फाइनलमा आफनै स्कुलका सचिन चौधरीलाई २१–१२, २१–११ ले पराजित गर्दै च्याम्पीयन भए । सोहि ईभेन्टमा सेन्ट थोमसकै शिव सुनार र संगम पुन तेस्रो भए ।
शिव प्रतियोगितामा उदयीमान खेलाडीबाट पुरस्कृत भएका थिए । उनलाई ब्याडमिन्टन संघका केन्द्रिय सदस्य रोहित टण्डने ब्याडमिन्टन किट्स उपहार दिएका थिए ।
यु–१६ महिलामा वेस्ट जोनकी समिक्षाले ज्ञानोदय विद्या निकेतनकी विपना थापालाई २१–५, २१–१३ ले पराजित गर्दै प्रथम भइन् । सेन्ट थोमसकी दुर्गा पुन र सुस्मिता पौडेल तेस्रो भए ।
यु–१३ पुरुषमा करण सिह र विपनाले पहिलो स्थानमा हासिल गरे । विपनाले आफनै स्कुलकी सुस्मितालाई २१–७, २१–१७ ले पराजित गरिन । सेलिना र दुर्गा पुन तेस्रो भइन् । ज्ञानोदयका करणले ब्राइटल्यान्डका दिब्य बोथरालाई २१–८, ७–२१, २१–१५ ले हराएर प्रथम भए ।
पुरुष डब्लसको फाइनलमा इरफान अन्सारी र चक्र दाम्रपालले रियाज अन्सारी र राम प्रसाद भुषालको जोडीलाई १९–२१, २१–१८, २१–१७ ले हराउदै प्रथम भयो । सो ईभेन्टमा विलाल वारिस र सफल थापा, तथा अभय लाल श्रेष्ठ र अरुण गौतमको जोडी तेस्रो भयो ।
पुरुष डबल्स विजेताले आधा तोला सुन, उपविजेता जोडीले १० हजार र सेमिफाइनल पुग्ने टिमले समान ५ हजार नगद रुपैया प्राप्त गरेका थिए । प्रतियोगितामा सर्बाधिक पदक जित्न सफल ज्ञानोदय विद्या निकेतनले टुर्नामेन्टको ट्रफी उचालेको थियो ।









प्रतिक्रिया दिनुहोस्