सिन्दु मल्ल
हिमालको फेँदीमा रहेको एउटा सुन्दर गाउँमा विवेक नामको एक मेहनती तर गरिब युवक बस्थ्यो । उसको परिवारमा बुबा, आमा र सानी बहिनी थिए । बुबा दिनभरि ज्याला मजदुरी गर्थे भने आमाले घरधन्दा र सानो तरकारी बारी सम्हाल्थिन् । आर्थिक अवस्था कमजोर भए पनि परिवारमा माया, विश्वास र इमानदारीको कमी थिएन ।
विवेक बाल्यकालदेखि नै पढाइमा निकै राम्रो थियो । शिक्षकहरूले सधैँ भन्नुहुन्थ्यो, ‘यो केटा एक दिन ठूलो मान्छे बन्छ ।’ तर गरिबीले उसको सपनामा बारम्बार बाधा पु¥याइरहेको थियो । धेरै पटक उसले विद्यालय छोड्ने सोच्यो तर आमाले हौसला दिँदै भन्नुहुन्थ्यो, ‘छोरा, जीवनमा दुःख सधैँ रहँदैन । मेहनत गर्ने मानिसको भाग्य एक दिन अवश्य बदलिन्छ ।’ एसईई राम्रो अंकले पास गरेपछि विवेक उच्च शिक्षा पढ्न सहर गयो । सहरमा बस्न, खान र पढ्न निकै कठिन भयो । बिहान होटलमा काम गर्ने, दिउँसो कलेज जाने र राति ट्यूशन पढाउने उसको दैनिकी बन्यो । कहिलेकाहीँ थकानले शरीर गल्थ्यो, तर उसको लक्ष्य कहिल्यै कमजोर भएन । एक दिन कलेजबाट फर्कंदै गर्दा उसले सडकमा एउटा झोला भेट्टायो । झोलाभित्र लाखौँ रुपैयाँ र महत्वपूर्ण कागजात थिए । केही साथीहरूले भने, ‘यो पैसा राख, तिम्रो गरिबी सधैँका लागि हट्छ ।’ तर विवेकले उत्तर दियो, ‘अरूको सम्पत्तिले सुख दिँदैन । इमान्दारीभन्दा ठूलो धन केही हुँदैन ।’ उसले झोलामा रहेको ठेगानाको आधारमा वास्तविक मालिकलाई खोजेर सबै सामान फिर्ता गरिदियो । ती व्यक्ति एक सफल उद्योगपति थिए । विवेकको इमान्दारी देखेर उनी निकै प्रभावित भए । उनले विवेकलाई छात्रवृत्ति मात्र दिएनन्, आफ्नो कम्पनीमा काम गर्ने अवसर पनि दिए ।
त्यसपछि विवेकको जीवनमा नयाँ मोड आयो । उसले पढाइ पनि पूरा ग¥यो र काममा पनि उत्कृष्ट प्रदर्शन गयो । केही वर्षमै ऊ कम्पनीको प्रमुख व्यवस्थापक बन्यो । गाउँमा रहेका आफ्ना बुबाआमाका दुःखका दिन पनि बिस्तारै अन्त्य हुन थाले । तर सफलता सधैँ सजिलो हुँदैन । कम्पनीभित्र केही मानिसहरू विवेकको प्रगति देखेर ईष्र्या गर्न थाले । उनीहरूले झुटो आरोप लगाएर उसको प्रतिष्ठा बिगार्ने प्रयास गरे । केही समयका लागि विवेक निकै निराश भयो । उसले आफूले नगरेको गल्तीको दोष सहनुप¥यो । त्यो कठिन समयमा आमाको एउटा वाक्य उसलाई सम्झना आयो ‘सत्य कहिल्यै हार्दैन ।’ विवेकले धैर्य राख्यो । सबै प्रमाणहरू प्रस्तुत ग¥यो । अन्ततः सत्य बाहिर आयो । षड्यन्त्र गर्नेहरू आफैँ दोषी प्रमाणित भए । कम्पनीका मालिकले विवेकसँग माफी मागे र अझ ठूलो जिम्मेवारी सुम्पिए । समय बित्दै गयो । विवेकले आफ्नो गाउँमा विद्यालय, पुस्तकालय र स्वास्थ्य चौकी निर्माण गर्न सहयोग ग¥यो । गाउँका धेरै गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति दिन थाल्यो । ऊ भन्थ्यो, ‘मजस्तो दुःख अरूले भोग्नु नपरोस् ।’ एक दिन विद्यालयको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाउँदा उसले विद्यार्थीहरूलाई भन्यो, ‘जीवनमा आउने कठिनाइ नै हाम्रो वास्तविक शिक्षक हो । हार मानेर बस्ने मानिसले कहिल्यै सफलता देख्दैन । एउटा सही निर्णयले जीवनको दिशा नै बदल्न सक्छ ।’ त्यहाँ बसेका सबै विद्यार्थी प्रेरित भए । केही वर्षपछि विवेक आफ्ना वृद्ध बुबाआमासँग गाउँको घरको आँगनमा बसेर सूर्यास्त हेरिरहेको थियो । बुबाले मुस्कुराउँदै भन्नुभयो, ‘छोरा, आज तिमीलाई देख्दा हाम्रो सबै दुःख बिर्सिएका छौँ ।’ विवेकको आँखाबाट खुसीका आँसु झरे । उसले मनमनै सोच्यो, ‘यदि त्यो दिन मैले लोभ गरेर अरूको पैसा राखेको भए, सायद मेरो जीवन यस्तो हुने थिएन ।’ उसले बुझिसकेको थियो–जीवनको वास्तविक मोड धनले होइन, सही निर्णय, इमान्दारी, मेहनत र धैर्यले आउँछ ।









प्रतिक्रिया दिनुहोस्