कोहलपुर ।
कोहलपुरमा नयाँ फेसन तथा रेडिमेड कपडा लागि ‘आविदा कलेक्शन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार एक विशेष कार्यक्रमकाबीच भव्यरुपमा उद्घाटन गर्दै कलेक्शनले आफ्नो व्यवसायिक यात्रा सुरु गरेको हो।
कोहलपुरको व्यापारिक क्षेत्रमा थप आकर्षण थप्ने उद्देश्यसहित सञ्चालनमा आएको आविदा कलेक्शनमा महिलाहरूका लागि विभिन्न डिजाइनका आधुनिक तथा गुणस्तरीय रेडिमेड कपडाहरु उपलब्ध रहेका छन् । कलेक्शनकी सञ्चालक खेमकला सापकोटा आविदाले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै आकर्षक तथा गुणस्तरीय रेडिमेड कपडा उचित मूल्यमा उपलब्ध गराइने बताइन्।
उनले पछिल्लो फेसन ट्रेन्डअनुसारका नयाँ डिजाइनका महिलाका लागि चाहिने कपडाहरु नियमित रूपमा भित्र्याइने जानकारी दिइन्। “ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले गुणस्तरीय सामग्री, नयाँ डिजाइन र सहज मूल्यमा सेवा दिने प्रयास गरेका छौँ,” उनले भनिन्।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीव भट्टराईले कोहलपुर पछिल्लो समय व्यापार तथा सेवा क्षेत्रको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको बताए। उनले आविदा कलेक्शनको सञ्चालनले स्थानीय व्यापार क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफल व्यवसायिक यात्राको शुभकामना दिए।
स्थानीय व्यवसाय विस्तारसँगै कोहलपुरमा नयाँ–नयाँ व्यापारिक प्रतिष्ठानहरू सञ्चालनमा आउने क्रम बढिरहेको छ। यसले उपभोक्तालाई विविध सेवा तथा रोजाइका अवसर प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्