नवलपरासीको त्रिवेणीमा हावाहुरीले २० भन्दा धेरै घरमा क्षति



काठमाडौँ  ।

मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० वटाभन्दा बढी घरमा क्षति पुर्‍याएको छ । बगुवनमा १५ ओटा घरको छाना उडाएको र घरभित्र रहेको अन्न र लत्ताकपडा भिजाउँदा समस्या परेको स्थानीय बुद्धराज विश्वकर्माले बताए ।

यसैगरी बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानीको ट्यांकी हावाले ढलाएको र बिजुली बत्ती नहुँदा समस्यामा परेको उनले गुनासो गरे । पालिकाको बगुवनमा १५ , सिसेनी गाउँमा ५ घर र अन्य स्थानमा पनि हावाहुरीले घरको छाना उडाएको वडाध्यक्ष दीपक पौडेलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार