काठमाडौँ ।
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ । मन्त्रिपरिषद्को बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन र बजार विस्तारबारे आज छलफल समेत गरेको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित र संस्थानलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले डीडीसी प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले पनि डीडीसीका उत्पादनहरूको प्रचार–प्रसार गर्दै स्वदेशी वस्तु उपभोग बढाउन सन्देश दिएका छन्। कार्यक्रममा मन्त्री चौधरीले मन्त्रिपरिषद् सदस्यहरूलाई डीडीसीका उत्पादनहरू वितरणसमेत गरेकी थिइन्।
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्