किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण



दाङ ।

पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ। २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट रु छ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट रु १० लाख गरी जम्मा रु १६ लाख र किसानका तर्फबाट रु १६ लाख जम्मा भएमध्येबाट बोलपत्र प्रक्रिया गरी अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।मिनीट्रिलर २०, रिपर पाँच, चापकटर ११ पानी तान्ने १८ वटा पम्प ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार