निप्स बाँके ७औँ साधारण सभा सम्पन्न, पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन



कोहलपुर ।

नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स) बाँके शाखाको ७औँ वार्षिक साधारणसभा तथा ४औँ अधिवेशन नेपालगञ्ज धम्बोझीस्थित होटल कान्तिपुरमा सम्पन्न भएको छ। अधिवेशन संस्थाका संस्थापक अध्यक्ष डी.एन. गिरीको प्रमुख आतिथ्यता तथा अध्यक्ष सिद्धार्थ जंग शाहको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनबाट नवीन शर्मा पौडेल (राष्ट्रिय बीमा कम्पनी लिमिटेड) को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा यज्ञ प्रसाद सापकोटा (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), महासचिवमा दिपेन्द्र सिंह ऐर (आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड), सचिवमा बसन्तराज घिमिरे (हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड) र कोषाध्यक्षमा रुचि गुप्ता (नेशनल इन्स्योरेन्स लिमिटेड) चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा श्याम भक्त मल्ल (प्रभु इन्स्योरेन्स लिमिटेड), दीपक चालिसे (हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड), रविन कुमार भट्ट (युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड) र अञ्जु कुमारी बानियाँ (सिटिजन्स लाइफ इन्स्योरेन्स लिमिटेड) निर्वाचित भएका छन्। मनोनित सदस्यहरूमा रविन्द्र शाही (सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड) र जनक प्रसाद रिजाल (ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड) रहेका छन्।

नवनिर्वाचित महासचिव दिपेन्द्र सिंह ऐरले सबै निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई बधाई दिँदै बीमा क्षेत्रको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा सदस्यहरूको हित प्रवर्द्धनमा नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार