डीडीसी केन्द्रीय कार्यालयमा सीआईबीको छापा



काठमाडौँ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी स्वामित्वकाे दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ ।

सीआईबीको टोलीले बुधबार डीडीसीकाे कार्यालयमा छापा मारेर पाँच कर्मचारीको मोबाइल तथा केही कागजात नियन्त्रणमा लिएकाे छ ।

सीआईबीको टोलीले दूध खरिद–बिक्रीसँग सम्बन्धित महत्त्वपूर्ण कागजात, मौज्दात विवरण र पछिल्ला तीन वर्षका सञ्चालक समितिका निर्णयका फाइलहरू पनि नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार