सङ्खुवासभा ।
सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ। जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विसं २०७६ साउन ३ गतेदेखि विवरण दर्ता सुरु गरिएको थियो। हालसम्म ९१ हजार तीन पुरुष र ९४ हजार ४२ महिलाले वितरण दर्ता गराएका राष्ट्रिय परिचयपत्र वितरण शाखा खाँदबारीका प्रमुख आशा जबेगुले जानकारी दिए ।
तीमध्ये २५ हजार कार्ड छपाइ भएका र १० हजार ७६१ जनाले कार्डसमेत पाइसकेको उनले बताए।सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश कोशी प्रदेशका सङ्खुवासभा र झापाबाट दर्ता सङ्कलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर घुम्ती शिविरमार्फत समेत दर्ता सङ्कलन गरिएको थियो।
स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र दर्ता सङ्कलनको सङ्ख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताए।









प्रतिक्रिया दिनुहोस्