काठमाडौँ ।
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाउने संख्या २० पुगेको छ। रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप रोल्पाको थवाङ–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा २० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पानी परिरहेकाले सडक चिप्लो हुँदा जीप दुर्घटनामा परेको हो। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्