भक्तपुर, भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ ।जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए ।

आज लागि दुई हजार सुरक्षाकर्मी परिचालन
रथ तान्ने क्रममा रथलाई तौमढीबाट माथि र तल लैजाने क्रममा झडप वा विवाद हुनसक्ने भएकाले यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए ।
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्