नेपालगञ्ज ।
बाँकेका बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । बुधबार पछिल्लौ चौबिस घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १५ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ६ जना र बागेश्वरीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थपिएका संक्रमितमध्ये १३ महिला र ११ पुरुष रहेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । संक्रमितहरु नेपालगञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी र खजुरा गाउँपालिकाका साथै केही अन्य जिल्लाका नागरिक समेत छन् । बुधबार थपिएका संख्यासँगै बाँकेका कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ३६ जना पुगेको छ । तीमध्ये एक हजार ८८ जना भने कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अहिले जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा ४ सय ४० जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन् ।
कोरोना संक्रमणकै कारण जिल्लामा चार पुरुष र चार महिला गरेर आठ जनाको मृत्यु भइसकेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । यसैबीच बुधबार नै बर्दियामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जिल्लाका तीन पालिकाका १० जनामा कोरोना पुष्टि भएको थियो । मधुवन नगरपालिकाका ७ जना, गुलरिया नगरपालिकाका १ जना र बढैयाताल गाउँपालिका १ २ जना गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्