डुडुवा (बाँके) ।
बाँकेको डुडुवा गाउँपालिकाले वडा नम्बर १ र २ अन्र्तगत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न थालेको छ । उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निमार्ण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार गाउँपालिको अति दुर्गम तथा बाढी प्रभावित क्षेत्रलाई पर्यापर्यटनको रूपमा चिनाउन त्यस क्षेत्रको विकास गर्न लागिएको हो । कृषि विद्यालयका लागि चारकोठे भवनको निमार्ण कार्य सुरु गरिएको छ । केही दिनअघि गाउँपालिका अध्यक्ष चौधरीले चारकोठे भवनको शिलान्यास गरेका हुन् ।
डुडुवा–२ स्थित पशुपति माध्यमिक विद्यालयअन्तर्गत रहने गरी कृषि विषयको अध्ययन अध्यापनका लागि भवन निमार्ण गर्न लागिएको अध्यक्ष चौधरीले बताए । करिब रु ७० लाखको लागतमा निमार्ण सुरु भएको भवन असार मसान्तसम्म निमार्णकार्य सम्पन्न हुने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर शुरेन्द्र वर्माले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्