
नेपालगन्ज ।
बाँके जिल्लामा आर्थिक गणनामा ९७ जना कर्मचारीहरू खटिने भएका छन् । वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रूपमा गरिने दोस्रो आर्थिक गणनामा ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ जना खटिने जानकारी दिइएको हो ।
आर्थिक गणनाका सन्दर्भमा नेपालगन्जमा आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले आर्थिक गणनाको तयारी र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
जिल्ला तथ्यांक कार्यालय बाँकेले आयोजना गरेको गोष्ठी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, सहायक प्रमुख अधिकारी गुरुङ, नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य सन्तोष पौडेल लगायतले बोलेका थिए ।
आर्थिक गणनामा देशको समग्र आर्थिक संरचना र क्रियाकलापहरूको पूर्ण गणना हो । यसले अर्थतन्त्रको आकार, संरचना र विशेषताहरूबारे आधारभूत र भरपर्दो तथ्यांक संकलन गर्छ, जसले नीति निर्माण, योजना तर्जुमा, विकास रणनीति र थप सर्वेक्षणहरूका लागि फ्रेम तयार पार्छ ।
आर्थिक गणनामा प्रतिष्ठानको सङ्ख्या र प्रकार, स्वामित्व र कानुनी स्थिति, रोजगारी, लगानी र पूँजी, उत्पादन र सेवा प्रवाह, व्यवसाय सञ्चालनको विवरण, ऋण पहुँच, महिला व्यवस्थापकको अनुपात, क्षेत्रीय र प्रादेशिक वितरण आदिको तथ्यांक संकलन गर्ने गर्दछ ।









प्रतिक्रिया दिनुहोस्