सरकारको प्रवक्ता बने सस्मित



काठमाडौं ।

शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उनको सल्लाहकार समूहमा रहेका पोखरेल उनीसँगै रास्वपा प्रवेश गरेर फागनु २१ को चुनावमा उम्मेदवार बनेका थिए ।उनी काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार