कथाः प्रतिशोध



पुष्पमणि प्रधान

देशभरि जनयुद्धको तातो हावा चलिरहेको थियो । चारैतिर जनसेनामा भर्ती हुने लहर हाम्रा युवायुवतीहरुमा प्रभाव नपारी छाडेन । भूमिगत रुपमा गाउँका राजनीतिक चेतना भएका हर्क बहादुर उर्फ तुफानसहित केही दाजुदिदीहरु आएर गाउँका युवायुवतीहरुलाई जनसेनामा भर्ना भएर सामन्ती शोषक दलालहरुलाई सजाय गर्ने र साम्यवादी समाज निर्माण गर्ने भाषण र सपनाहरु बाँड्ने गर्थे । गाउँका युवा विद्यार्थीहरु पनि जनसेनामा भर्ना हुने, सर्वहारा जनताको सेवा गर्ने इच्छाहरु लिएर आशा, अस्मिता, बबिताको सहयोगमा जन मिलिसियामा भर्ना भए । अस्मिता, बबिता, भन्दा आशा अलिक भिन्न स्वभावकी थिई । ऊ दश कक्षासम्म पढेकी, निडर र चलाख थिई । गहँु गोरोको चिम्से आँखा, ठुलो निधार, थ्याप्चो नाक र शरीर गोलो, मोटो भए तापनि, फुर्तिलो थिई । कालो लामो कपाल भए तापनि आँखी भौँ पातलो थियो । हातखुट्टाहरु बटारिएका र दरिला थिए । ऊ आँटिलो, हँसिलो र सबैसँग मिल्ने मिलनसार थिई । जब पहिलो दिन साथीहरुसँग जनसेनामा भर्ना भई । कालो लामा कपाल छोटोछोटो ब्रसकट बनेको थियो । कम्ब्याक्ट ड्रेस लगाएकी, खाकी रङको टोपी कालो चम्किलो बुट, कालो पेटी, कम्मरमा सिरूपाते खुकुरी र परिचय न. ७०१ पाउँदा ऊ अति नै खुसी भएकी थिई । आपूmले कोठामा ऐना हेर्दा आपूm नै होइन कि जस्तो लागेर लजाएर भुतुक्क भइन् ।
कमान्डर हर्क उर्फ तुफानको देखरेखमा लगभग बिहानको पाँच बजे नै कमब्याक्ट ड्रेस, बुट र कम्मरमा खुकुरी भिरेर दौड गर्नु पर्ने नियमित काम थियो साथै परेड खेल्ने, निसानाबाजी गर्ने तारबारमा चढ्ने कुद्ने, जम्पिङ गर्ने गर्थी । आशालाई मिलेको कम्ब्याक्ट ड्रेसमा छोटो कपाल, खैरो टोपी र चम्किलो बुट लगाएर सैन्य लाइनमा ठिङ्ङ उभिँदा स्मार्ट र सुन्दरी देखिन्थी । ऊ महिला सेनामा सबैको प्रिय र विश्वासी थिई ।

ऊ सैन्य कमान्डर तुफानको सहकमान्डरमा नियुक्त भइन् । जन सैन्य छाउनी पहाडको घना जङ्गलको बिचमा थियो । डाँडामा साल, सिमल र धुपीका रूखहरु लहरै लाम लागेका भैmँ देखिन्थे । माथि पहाडको डाँडाबाट हेर्दा भेरी नदी नागबेली आकारमा बगिरहेको देखिन्थ्यो । उता पूर्वतिर उसको गाउँ सुन्दर बस्तीमा टिनका पाता र खरले छाएका झोपडीहरु लस्करै देखिन्थे । आशालाई आप्mनी प्यारी आमाको याद आयो । आमाले कति दुःखकष्ट गरेर उसलाई पढाएकी थिइन् । घरमा आमाबुबा र भाइबहिनी थिए । बुबा त नाम मात्रैको थिए । काम केही थिएन अलिकति रुपैयाँ भयो कि रक्सी खानु पर्ने, तास खेल्नु पर्ने । उनको दैनिक कार्य नै रक्सी पिएर मातेर आएर आमालाई पिट्नुसम्म पिट्ने हुन्थ्यो । आमासँग भएको केही रुपियाँ खोसेर रक्सी र तास खेलेर सिध्याउँथ्यो । उसले विगत सम्झी र दुई थोपा आँसु झारी । विगतको खाटा परेका घाउहरुले उसको हृदय छियाछिया हुन्थ्यो । उसले मनमनै सोच्थी ‘के हामी गरिबका दिनहरु यस्तै हुन् ? के महिलाहरु जहिले पनि पुरूषका दासी हुन् ? जुन मेरा आमाहरुले सहन गरिरहेकी छन् ।’ “आशा, के सोचिरहेकी छ्यौ ?” छेउमै बसिरहेकी सैन्य साथी अग्निले झक्झकाएर उठाएपछि ऊ झसङ्ङ भई । उसले अग्नितिर हेर्दै आँखाका आँसु पुछ्दै सम्हाली ।

“ए, केही होइन, केही होइन, म त झन्डै निदाए छु” भन्दै झुटो बोल्ने कोसिस गरी । आज उनीहरुको सैन्य शिविरको पश्चिमी भेगमा पहरा दिइरहेका छन् । आशाको कमान्डमा लगभग एकसय जना महिला सैन्य तालिम सञ्चालन गरेका छन् । उनले थ्रिनटथ्री, एसएलआर, मेसिनगन बन्दुकलाई घाममा सुकाएर पार्टपुर्जा खोलखाल पारेर, सफा गर्न सबैलाई सिकाइरहेकी छिन् । प्रत्येक बन्दुकका नालहरु सफा गर्न, गोलीहरु मिलाएर राख्न, सफा र चम्किलो बनाउने काममा आशा पोख्त र सिपालु थिई । ऊ सैन्य खेलकुद, बक्सिङ, रनिङ, जम्पिङ, फुटबलमा पनि त्यतिनै निपुण थिई । ऊ कडा मिजासकी र रिसालु थिई । तुफान कमान्डरले भनेको कुराहरु पालन गर्थिन् । उसलाई बघिनीको उपनाम दिएको थियो । सैन्य शिविरमा दिन, महिना र बर्सौँ बित्दै गयो । भेरी नदीको किनार हुँदैहुँदै उनीहरुको सैन्य शिविरतिर लाग्यो । केही समय यही बोटे चउरको घना जङ्गलमा शिविर बस्यो । बादल, तुफान, ज्वाला आदिको कमान्डमा मिलिसिया सैन्य लगभग दुईतीन हजार लिएर नयाँ शिविरमा आइपुगे । आशा पनि आप्mना सैन्य साथीभाइसँग हाँस्दै खुसी हुँदै दिनहरु बिताइरहेकी थिइन् तर एक दिन अचानक कमान्डर तुफानले उनलाई बोलाएर उनको बुवाको मरेको दुखद खबर सुनाए । ऊ त्यही गहभरी आँसु लिएर उभिरही, शिर निहुराएर मौन रही । उनको मन पोलेर आयो, ऊ त्यही थचक्क बसी र खुब रोई ।

कमान्डर तुफान सरले धेरै सम्झाउनुभयो र सहानुभूति प्रकट गर्नुभयो । उसलाई एक हप्ताको बिदा दिएर घर जान पाउने भई । केही आप्mना महिला सैन्य साथीहरु लिएर मध्यरातमा हिँडेर सुन्दर बस्तीमा आई । आप्mनो घरमा प्यारी आमा सेतो वस्त्र लगाएकी, सादा सरल जीवन, सिँदुरपोते चुँडाएकी, पातलो लामालामा कपाल, दुब्ली पातली चाउरी परेकी, अनुहारमा दुखको नदी बगेको प्रष्ट देखिन्थ्यो । ऊ पनि आमाको छेउमा आएर धेरै बेरसम्म रोई, विलाप गरी । उसले आमालाई माया र सान्त्वना दिई । आमा म छु नि ! आमा, अब चिन्ता लिनु पर्दैन । म अब संसार बुभ्mने र सम्हाल्ने भइसकेकी छु । आमा तिमी पिरचिन्ता नलिनू भन्दै ढाडस दिई । तेह्रौँ दिनको कामकाज राम्ररी सिध्याए । आशाले आमाको हातमा केही नगद राखिदिई । केही खर्च पनि गरी । आमाले सबै काम सिध्याएपछि छोरी आशालाई रुन्चे स्वरमा भनी “तिम्रा बाले त केशर मुखिया बासँग तीन लाख ऋण लिएका रैछन् । खै, त्यो रुपियाँ जाँड, रक्सी र तास खेलेर सिध्याएछन् । यो हाम्रो घरखेत जमिन सबै तमसुक गरेका रै’छन् । मुखिया बाले यो तेह्रौँ कामकाज सकेपछि यो घरखेत खाली गर भनेका छन् । यदि खाली गरिनस् भने म कोर्ट कचहरी जान्छु भनेर धम्की दिएका छन् । तेरा बाले त नेपाली कागजमा तीन लाख सयकडा पाँचको दरले ऋण लिएका र दुई महिनाभित्र नतिरे आप्mनो नाममा गर्नु भनी तीन पुस्ते विवरण र दायाँबायाँ हाते सही छाप गरेका रैछन् ।” भन्दै निराशाको आँसु झारी ।

“अब हामी घरको न घाटको हुने भयौँ । यति भएको घरजग्गा सामन्ती मुखियाले लाने भो । अब हामी के गरौँ ? कहाँ जाऔँ छोरी तँ नै भन् म राडीले के गरुँ ?” धुरु धुरु रुन थाली । “मुखिया बाले धम्की दिएका छन् । छोरी अब कुन दिन आप्mना भरौटेहरु लिएर आउने हुन् । सरसामान लत्ताकपडा प्mयाँकिदिने हुन् ।” त्रसित स्वरमा भनिन् । आशाले नम्र हुँदै भनी “आमा नडराऊ ! चिन्ता नगर, अब तिम्री छोरी बुभ्mने र निडर भइसकेकी छे । त्यो मुखिया सामन्तीले कसरी हाम्रो जमिन घर लाँदो रैछ म पनि हेर्छु । अब त्यो पुरानो जमाना छैन, कसैको धनसम्पत्ति लुटेर लाने ।” उसले दृढतापूर्वक भनी । उसले आपूm सानो हुँदा विगतका सम्झनाका पानाहरु पल्टाउन थाली । ऊ दश कक्षामा पढ्थी । उनको आमा तरुनी थिई, जवानीको लाली चढेको थियो । घरमा सानो रक्सी पसल पनि थियो । मुखिया बा रातभरि रातभरि आप्mना बुवासँग बसेर रक्सी मासु खान्थे । आप्mनो बुवालाई धेरै रक्सी खुवाएर लट्ठ पार्थे । आप्mनी आमालाई जबर्जस्ती गर्ने गर्थे । कतिपल्ट त कोठामा नै बलात्कार गर्थे तर कसलाई भन्ने मुखिया बा भनेपछि सुन्दर बस्ती नै डराउँथ्यो । उनको विरुद्धमा कसलाई भन्ने कसको हिम्मत थियो र ? उनको आमाले धेरैपल्ट सहेकी छिन्, रोएर रात बिताएकी छन् । उसलाई याद छ त्यै बुढाले एक पल्ट उनी कोठामा एक्लै पढ्दै गरेको मौका छोपेर च्याप्प समातेर म्वाइँ खान र बलात्कार गर्न खोजेका थिए तर ऊ छरिती र फुर्तिली हुनाले लात्ताले बुढालाई हानेर भागेकी थिई ।

बुढाको सेतो कपाल तानेर लडाएर भागेकी थिई । त्यसैको बदला लिन ऊ जन मिलिसियामा भर्ना भएकी थिई । उसको आँखाहरु रिसले राताराता भए । शरीरमा विद्रोहका रगत बहन थाल्यो । आप्mना शरीरका अङ्गअङ्गहरु तातो बन्यो । ऊ जुरुक्क उठ्यी र आप्mना पाँचछ जना महिला सैन्यहरुलाई लिएर आमासँग विदा मागी । आमाको चरण स्पर्श गरी । मायाले अँगालो हालेर कानमा खुसुक्क भनी– “आमा, आज तिम्रो शोषकसामन्त त्यो राक्षसको समाप्त गर्न जाँदैछु । मलाई आशीर्वाद देऊ । मलाई हिम्मत र आँट देऊ” बघिनी भैmँ शिर ठाडो गरी । आमालाई नमन र चरण स्पर्श गरेर आप्mनो कमान्डमा केही महिला सैन्यलाई लिएर बन्दुक भिरेर मध्यरातमा मुखियाको गाउँतिर लागी । लगभग मध्यरातको एघार बजेको हुँदो हो, आशा आप्mनो सैन्य लिएर मुखिया बाको घरको मुल ढोकामा ढक ढक गरी । “को हो ? को हो ?” भन्दै मुखिया बाले भित्रबाट सशङ्कित स्वरमा बोले ।

उनले विस्तारै ढोका खोले । मुखिया बाले ढोका खोलेका के मात्रै थिए, आशाले बलपूर्वक च्याप्प समातेर रीता र अस्मिताले बन्दुकको नकले कानमा ठड्याउँदै “तँ हाम्रो कब्जामा छस्” भन्दै समातेर वरपिपल डाँडातिर लगे । मुखिया बाले “मलाई बचाऊ, मलाई बचाऊ तपाईँहरु को हो ?” भन्दै कराए तर आशाले बन्दुकको नोकले निधारमा ताकेर “चुप लागेर हिँड्” भन्दै कर्कष स्वरमा भनी । आशाको अघिपछि सैन्य लिएर मुखिया बा सामन्तीलाई पल्लो डाँडाको वरपिपल चौतारीमा पु¥याए । धम्कीपूर्ण स्वरमा आशाले भन्न थाली– “तँ सामन्ती शोषक होइन ? मेरी आमालाई बारम्बार बलात्कार गर्ने ? मेरो बुवालाई रक्सी ख्वाएर, जुवातास खेल्न लाखौँ ऋण महँगो ब्याज लिएर घरखेत खाने तैँ सामन्ती होइन ? म सानो छँदा मेरो अस्मिता लुट्न खोज्ने तैँ रन्डो होइन ? हाम्रो घरको पल्लोघरे भाउजूलाई दुई जिउकी बनाउने तैँ बलात्कारी होइन ?” बघिनी भैmँ आशा आँखा रातोरातो पार्दै मुखिया बाको हातखुट्टा बरको रुखमा बाँधेर आप्mनो एस.एल.आर. बन्दुकले निधार र छातीमा चारपाँच गोली हानी र सिरुपाते खुकुरी झिकेर शिर छेदन गरिदिई । आशासहित केही महिला सैन्य जत्था बन्दुक पड्काउँदै “जिन्दावाद जिन्दावाद” भन्दै जनमिलिसिया जङ्गलतिर लागे । भोलिपल्ट एकाबिहानै सामन्ती शोषक मुखिया बाको समाप्ति भएको गाउँभरी चारैतिर हल्ला पैmलियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार