सुमित्रा न्यौपाने
मध्यान्तरको समय थियोे । म कम्पाउण्ड वरिपरि घुम्दै थिएँ । एउटा नानी दौडेर मेरो सामुन्ने आइन् । उनको आँखामा डर थियोे । हतासमा आएजस्तो लाग्यो। उनको हात समातें र विस्तारै सोधें । के भयो नानी रु किन दौडिएर आयौ ? कक्षामा मदन घोप्टो परेर बसेका छन् । केही बोल्दैनन् । धेरै बेर भयो । खेै के भयो रु बोलाउँदा पनि बोल्दैनन् । उठाउनु भएन ? उठाउन खोजेको । उठ्नेै मानेनन् के भयो भनेर सोध्नु पर्ने नि ?सोधेको हो, बोले पो त ? के भयो त खै त ? उनले हात समातिन् र तान्दै भनिन्, म्याम हिड्नु न । हिड्नु न म्याम । उनले जबरजस्ती नै गरिन् ।
उनले डोर्याएर कक्षामा लगिन् । मदन, मदन के भयो तिमीलाई ? डेक्समा अड्याएको टाउको उठाउदै सोधें । उनी बोलेनन् । मलिन अनुहार टिठ लाग्दो देखिएको थियो । सोचें पेट दुखेको होला । बिस्तारै कपाल मुसारें । हल्का स्पर्श पाएपछि मदनले एकोहोरो अनुहारमा हेरे ।
फेरि सोधें । तिमीलाई के भयो ? किन सुतेको ? पेट दुख्यो कि टाउको ? उनी बोलेनन् । तलदेखि माथिसम्म हेरें । उसको गरिवी वरिपरि दौडिरहेको थियो ।
अनुहारमा डर र आँखामा त्रास प्रष्ट देखिन्थ्योे । ूके भयो बाबु रुू ऊ बोल्न खोजेन । यतिबेलासम्म बालबालिकाहरुले हामीलाई घेरिसकेका थिए। ऊ बोल्ला जस्तो लागेन । हात समातेर अफिसतिर लागें । साना बच्चाहरु पछि लाग्दै थिए । नआउन संकेत गरें । उनीहरु ढोका मै रोकिए ।
पानी पिउन दिएँ । आराम गर्न लगाएँ । केही बेर पछि पुनस् सोधें ूतिमीलाई के भयो ? उसले काँपेको स्वरमा बोल्यो । म्याम हाम्रो घर भत्क्यो होला है रु मेरा नयाँ कापी किताब पुरिए होलान् है रु मेरो घरमा लगाउने जाँघे र कमिज कस्ले राखिदिन्छ? किन बाबु ? मलाई थाहा थियो मदनको बस्तीमा डोजर लगाउने हल्ला विगत एक हप्तादेखि चलिरहेको थियो तर थाहा नपाए जसरी सोधें । आज हाम्रो घरमा पुलिसले डोजर लगाउँने रे ? कसले भनेको ? हिजो जुलुसमा यस्तै भनेका थिए । तिमी पनि जुलुसमा गएका थियौ ? बुबा आमासङ्गै गएको । साथीहरू पनि गएका थिए । सानो मान्छे जुलुसमा जान हुन्न त । उसले मेरो कुरालाई ध्यान दिएन । मैले भात खाने थाल र पानी खाने गिलास पनि पुरिदिन्छन् होला है रु म्याम हाम्रो घर किन भत्काएको रु ठूला पक्की घर पनि भत्काउँछन् ? उत्तरको प्रतीक्षा नगरी प्रश्नहरू सोधिरहेको थियो मदनले । उसङ्ग दर्जनौं प्रश्न भएको प्रष्ट थियो ।
सुकुम्बासी बस्तीमा डोजर चल्ने हल्ला देशैभरि थियो । मदनको बस्ती अतिक्रमित बस्तीमा परेको सूचना सरकारी निकायरूले दिइरहेका थिए । सान्त्वना दिनुको विकल्प थिएन । सम्झाउँदै भनें ूतिम्रो घर केही भएको छैन बाबु । केही हुँदैन । नआत्तिएर बस । ूहिजो पुलिसले माइकिङ गरेका थिए । बस्ती छोड भनेका थिए । हामी स्कुल छोडेर बाआमासित जुलुसमा गयौं । उसले जुलुसमा गएको कुरा फेरि दोहोर्यायो । जुलुसमा जान डर लागेन रु लागेन । लागेन । बाआमासँगै गएको । मेरो साथी रमन, सिला, मनोज, हेमन्त पनि त हामी सँगै थिए । ऊ फेरि गम्भीर भयो । मैले उसको अनुहारमा हेरें । अनुहारमा पीडाको भारी थियो । ऊ हिक्क हिक्क गर्न थाल्यो । फेरि किन रोएको ? हाम्रो घर भत्क्यो भने हामी कहाँ बस्ने रु के खाने ? यति सानो मान्छेले यति धेरै सोंच्नु हुन्न बाबु । बस्ने ठाउँ भैहाल्छ नि । कसले दिन्छ हामीलाई बस्ने ठाउँ ? स्कुलमा राख्ने रे । पढ्ने ठाउँमा बसाल्ने रे । स्कुलमा बस्न पाइन्छ र म्याम ? पाइन्छ पाइन्छ । कतै बस्ने ठाउँ नभए बस्न पाइन्छ । त्यसो भए हामीलाई हाम्रै कक्षामा बस्न दिनु है म्याम । उसले आफू पढ्ने कक्षा नै किन रोज्यो रु यसपटक भने मलाई उसको अनुहार पढ्न निकै कठिन भयो ।









प्रतिक्रिया दिनुहोस्