बाँके ।
दसैँमा सीजीका साना घरायसी सामानको खरिदमा ग्राहकले १० सुनका सिक्का जित्ने अवसर प्राप्त गर्नेछन् । दसैँको अवसर पारेर सीजी कम्पनीले आफ्ना ग्राहकहरूका लागि यस्तो अफर ल्याएको हो ।
सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दसैँमा १० अफर’ सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत दश भाग्यशाली ग्राहकहरूले १०–१० ग्रामका १० सुनका सिक्का जित्न सक्नेछन् ।
यो अफर सीजीका साना घरायसी उपकरणहरूको खरिदमा मात्र समावेश गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरेर विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ ।
यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ ।
यो अभियान भदौ २३ गतेबाट नेपालभरि सीमित अवधिका लागि लागू भएको कम्पनीले जनाएको छ । सीजीले आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सीजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्