सेवामूलक क्षेत्रमा नगरपालिकोको लगानी बढ्न नसकेको गुनासो



मिसन समाचारदाता ११ पुस  / गुलरिया नगरपालिकाले प्रत्येक वर्ष स्थानीय कर वृद्धि गर्दै आएको छ । तर शिक्षा र स्वास्थ्य सँगै अन्य सार्वजनिक सेवामा भने लगानी बढाएको छैन । स्थानीय वासिन्दा र व्यवसायीबाट करबापत संकलन गरेको रकम सेवा मुलुक क्षेत्रमा लगानी नगर्दा जनताले चाहे जस्तो प्रतिफल प्राप्त गर्न ढिलाइ भएको छ । नगरपालिकाले स्थानीय कर वापत संकलित रकम शिक्षा , स्वास्थ्य र शुद्ध खानेपानी लगायत जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने सेवामूलक क्षेत्रमा लगानी गर्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।
नगरमा १३ हजार ६४ घरधुरी छन् । नगरपालिकाले प्रत्येक घरधुरीबाट वार्षिक १ हजार ४ सय ५९ रूपैया कर उठाउँछ । तर संकलीत रकम निरक्षता अन्त्य गर्ने कार्यमा लगानी भएको छैन ।
नगरमा ६८ हजार १ सय ६४ कुल संख्यामा ३४ हजार ८ सय ५४ पुरुष र ३३ हजार ३ सय १० महिला छन् । नगर क्षेत्रमा ४८ प्रतिशत महिला निरक्षर छन् । यस्तो अवस्थाका महिलालाइ साक्षर बनाउन नगरले संकलीत करबाट शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने देखिन्छ ।
तर नगरपालिकाले प्रमुख आम्दानीको स्रोत स्थानीय करलाई अनुत्पादक क्षेत्रमा खर्च गर्दै आएको छ । कार्यालय व्यवस्थापन , तलब भतmा,कर्मचारी कल्याण कोषसगै बैठक भतmामा खर्च गर्ने गरेको छ । आर्थिक वर्ष २०७३ ÷०७४ मा आम्दानी मध्ये नगर सरसफाई ,आर्थिक सहायतामा थोरै मात्र लगानी गरेको देखिन्छ । नगरपालिकाले आर्थिक सहायतामा २० हजार १ सय,नगर सरसफाईमा २ लाख ८५ हजार २ सय ९७ रुपैया खर्च गरेको देखिन्छ ।
सडक ,कल्भर्ट,पुलपुलेसा जस्ता सार्वजनिक निर्माण कार्यमा खर्च गरेको देखिन्छ । तर अपरिहार्य शिक्षा,स्वास्थ्य तथा सामाजिक सुरक्षा तर्फ भने लगानी अति न्यून छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७१ ÷७२ मा ४९ लाख २१ हजार ६ सय ५०,आर्थिक वर्ष २०७२ ÷७३ मा ७६ लाख ३० हजार २ सय ५५ , र आ.व.२०७३ ÷७४ मा ९४ लाख १५ हजार ५ सय ८४ रुपैया स्थानीय कर संकलन गरेको देखिन्छ ।
नगरपालिकाले स्थानीय कर, सेवा शुल्क,दस्तुर,बिक्री स्रोत परिचालन र अन्य शीर्षकमा आन्तरिक स्रोत तर्फको आम्दानी संकलन गर्दछ । प्रत्येक वर्ष आन्तरिक स्रोत तर्फको आम्दानी बढदो छ । आर्थिक वर्ष ०७१÷०७२ मा आन्तरिक स्रोत तर्फ १ करोड ८ लाख ८३ हजार ६ सय ४७ रुपैया आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७२ ÷७३ मा १ करोड ३८ लाख ५३ हजार ३ सय ९ रुपैया आम्दानी गरेको छ । उक्त आम्दानी मध्ये ७६ लाख ३० हजार २ सय ५५ रुपैया स्थानीय करबाट संकलन गरिएको थियो ।
आर्थिक वर्ष ०७३÷०७४ मा आन्तरिक तर्फ १ करोड ९० लाख ७० हजार ४ सय २० रुपैंया आम्दानी गरिएकोमा ९४ लाख १५ हजार ५ सय ८४ रुपिया स्थानीय करको थियो ।
चालु आर्थिक वर्ष०७४÷७५ को साउन देखि मंसीर मसान्तसम्म कार्यालयले ६८ लाख ८६ हजार १ सय ३२ रुपैंया आन्तरिक स्रोत उठाएकोमा ३५ लाख४० हजार १ सय ४२ रुपैंया स्थानीय करबाट संकलन गरेको थियो । मालपोत तथा भुमीकर बक्यौता ,घर जग्गा कर बक्यौता,बहाल कर,बटौरी कर,व्यवसया कर ,सवारी दर्ता कर ,सम्पति कर र बिज्ञापन शीर्षकमा कर असुली गर्दै आएको छ । स्थानीय कर,सेवा शुल्क दस्तुर,बिक्री ,स्रोत परिचालन र अन्य शीर्षकमा नगरपालिकाले आन्तरिक स्रोत खडा गर्दछ ।
लक्ष्य अनुसार कर उठाएपनि नगर क्षेत्रका सबै व्यवसायीहरुलाई व्यवसाय कर,सवारी करमा आबद्ध गाउन नसेको स्वीकर गर्दै नगरपालिका राजश्व शाखा प्रमुख केशवराज खनालले अब कर संकलन गरिने र कर वापतको रकम वडा तथा टोल स्तरका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन खर्च गर्ने बताए ।
वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने अभिभावकलाई मासिक ५०० रुपैया, सुत्केरी गराउन सहयोग गर्ने स्वयम सेवीकालाई प्रति व्यक्ति २ सय ५० रुपैया दिएर नगरवासीको स्वास्थ्य विकासमा सहयोग गर्दै आएको बताए । नगरपालिकाले आर्थिक वर्ष ०७३ ÷०७४ मा स्थानीय विकास मन्त्रालयबाट प्राप्त रकम मध्ये २६ जनालाई २६ हजार,जन्म दर्ता गराएका २ सय ३६जना अभिभावकलाई ५सयका दरले १ लाख १८ हजार र ७२ जना स्वयमसेवीकालाई २ सय ५० का दरले ४३ हजार रकम उपलब्ध गराएको छ ।
सरकारबाट प्राप्त अनुदान रकमबाट नगरपालिकाले १० कक्षामा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई १५ ÷१५हजार र अति गरिब बालबालिकालाई छात्रवृति उपलब्ध गराउने गरेको भएपनि स्थानीय करबाट भने शिक्षा तथा स्वास्थ्यमा चासो दिएको छैन ।
सरकारबाट प्राप्त अनुदानबाट ३ स्थानमा नगर स्वास्थ्य क्लिनीक संचालन, विद्यायलमा भौतिक पुवाधार निर्माण,४ वटा विद्यालयमा हात धुने व्यवस्था,प्रत्येक विद्यालयमा सरसफार्ई कोषको स्थापना र शौचालयको व्यवस्था मिलाउने जस्ता शैक्षिक तथा स्वास्थ्य विकासमा काम गरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार