रविको चुनाव खर्च १० लाखभन्दा पनि कम



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन(२ बाट उम्मेदवार बनेर विजयी भएका लामिछानेले प्रतिनिधि सभा चुनावमा ९ लाख ८९ लाख हजार खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।

लामिछानेले मनोनयनमा १० हजार, नमुनापत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचार सामग्री ९झण्डालगायत०मा १ लाख १२ हजार खर्च भएको उल्लेख गरेका छन् ।

निर्वाचनमा भाग लिएका उम्मेदवारले आफ्नो चुनाव खर्चको विवरण सार्वजनिक तथा निर्वाचन आयोगमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा चुनावी खर्च विवरण बुझाएका हुन् । यसअघि रास्वपाकै वरिष्ठ नेता बालेन शाहले पनि निर्वाचन खर्च सार्वजनिक गरेका थिए । उनको निर्वाचन खर्च १४ लाख १७ हजार रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार