16 July 2024  |   मङ्लबार, साउन १, २०८१

विभिन्न जिल्लामा वागी उम्मेदवारी फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४  

कार्तिक १९, २०७४ / विभिन्न पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध दिएको वागी उम्मेदवारी फिर्ता भएको छ । आइतवार विभिन्न जिल्लाका प्रमुख निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार उम्मेदवारी फिर्ता भएको हो । विभिन्न पार्टीको उम्मेदवारी चयनमा असन्तुष्टी भएपछि बागी उम्मेदवारी परेको हो।  उदयपुरबाट कान्तिपुर संवाददाता डिल्लीराम खतिवडाले जनाए अनुसार प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदावारी दिएका एमाले, माओवादी केन्द्रका वागीसहित दर्जन बढि उम्मेदवारले मनोनयन फिर्ता लिएका छन ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनिधि र प्रदेशसभाका १४ उम्मेदवारले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । एमालेबाट प्रतिनिधिसभाका लागि २ नम्वर निर्वाचन क्षेत्रबाट उम्मेदावरी दिएका पोलिटव्यूरो वैकल्पिक सदस्य जग्गनाथ खतिवडा, माअ‍ेवादी केन्द्रका जिल्ला संयोजक विनोद कटुवालले उम्मेदावरी फिर्ता लिएका छन् । त्यसैगरि निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि उम्मेदावरी दिएका वीपी कांग्रेसका प्रशान्त राई र राप्रपाका गोविन्दबहादुर बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरि प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्वर २ क मा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारी दिएकी भेषकुमारी राउतले पनि उम्मेदावरी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएका छ । यस्तै २ नम्वरबाटै प्रदेशसभाका लागि उम्मेदवारी दिएका राप्रपका विरेन्द्रकुमार अधिकारी, स्वातन्त्र जीवनकुमार कार्की, मीनबहादुर ज्यूठकुरी र राप्रपका श्यामकुमार तामाङले उम्मेदवारी फिर्ता लिएको मूख्य निर्वाचन अधिकृत शर्माले वताए ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगत प्रदेशसभा क बाट राप्रपका राजकुमार गिरि र चन्द्रबहादुर बिष्ट, स्वातन्त्र कुशलबाबु बस्नेतले उम्मेदावरी फिर्ता लिएका छन् ।

प्रतिनिधि र प्रदेश सभाका लागि बागी र स्वातन्त्र १६ उम्मेदवारले उम्मेदावरी दर्ता गराएकोमा १४ ले फिर्ता लिएका हुन् । निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा क मा उम्मेदवारी दिएका नारायण वुर्जामागर र होमबाहदुर दाहाल खत्रीले भने उम्मेदावरी कार्यमै राखेका छन् । वुर्जामगरलाई माओवादी केन्द्रकी भेषकुमारीले आफनो उम्मेदवारी फिर्ता लिएर सर्मथन गरेकी छन् । मगर माओवादी केन्द्रका जिल्ला स्तरीय नेता हुन् । त्यसैगरि दाहालखत्री एमालेका नेता हु्न ।

वाम गठबन्धनमा उम्मेदारी चयनमा त्रुटी भएको भन्दै माओवादी केन्द्रका जिल्ला संयोजक कटुवालले प्रतिनिधि सभामा उम्मेदारी दिए हुन् । त्यसैगरि माथिकै निर्देशनमा एमालेका नेता खतिवडाले उम्मेदावरी दिएपनि माथी कै दवाव र अनुरोधमा फिर्ता लिएको सम्वीन्धत पार्टी कमिटीले जनाएको छ ।

त्यस्तै स्याङ्जास्थित संवाददाता प्रतिक्षा काफ्लेका अनुसार नयाँ शक्तिबाट प्रतिनिधिसभा १ को ‘क’ मा उम्मेदवारी दिएका पोमनारायण अर्यालले उम्मेदवारी फिर्ता लिएका छन । प्रत्यक्ष निर्वाचन लड्ने योजना बनाएर उम्मेदवारी दिएका उनले आइतबार फिर्ता लिएका हुन ।

१० दलबाट ३९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । अर्यालले फिर्ता लिएपछि ३८ जनाले निर्वाचनको लागि चुनाव चिन्ह्र लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश रमेशचन्द्र अधिकारीले निर्वाचन चिन्ह्र वितरण गरेका थिए ।

बर्दियामा पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बर्दियास्थित संवाददाता कमल पन्थीका अनुसार प्रदेशसभाका लागि उम्मेदवारी दिएका तीन जना उम्मेदवारले आफ्ना नाम आईतवार फिर्ता लिएका हुन् । निर्वाचन कार्यालयका अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार क्षेत्र नम्बर १ बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार खड्ग बहादुर खड्का र रामसुरत यादवले फिर्ता लिएकाछन् । यसैगरि क्षेत्र नम्बर २ बाट राप्रपाका गणेश बहादुर थापाले प्रदेशसभाका लागि दिएको उम्मेदवारी फिर्ता लिएको भण्डारीले जनाए ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     11:19:18 AM  |