बाँके ।
कोहलपुर क्षेत्रमा दैनिकजसो चोरीका घटना हुन थालेपछि जिल्लाबाट थप प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले कोहलपुरमा थप प्रहरी पठाइएको जानकारी दिए ।
‘चाडपर्व नजिकिएसँगै कोहलपुर क्षेत्रमा चोरीका घटना बढेपछि थप प्रहरी परिचालन गरेका हौं,’ उनले भने, ‘थप टोलीले चेकिङ, अप्रेसनलगायतका काम गरिरहेको छ ।’ कोहलपुरमा कम प्रहरी जनशक्ति भएको फाइदा उठाउँदै चोरीमा संग्लनहरुले दैनिकजसो चोरी गरिरहेका थिए । शनिबार कोहलपुरका विभिन्न स्थानमा चेकिङ र खानतलासी गरिए पनि कुनै सुराक फेला नपरेको एसपी अधिकारीले बताए ।
‘चोरीका घटना घटेपछि जिल्लाबाट थप प्रहरी परिचालन गरेर कोहलपुरका विभिन्न स्थानमा चेकिङ र खानतलासी गरेका थियौं,’ उनले भने । चोरीका घटना घटेसँगै कोहलपुर बजार क्षेत्रमा थप परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । न्यूरोड, साझा चोकलगायतका बजार क्षेत्रमा प्रहरी २४सैं घण्टा परिचालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्