काठमाडौं,३ फागुन/ प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गर्नुभएको छ ।
राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ ।
बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
आयोगले हिजो चुनावको परिणाम बुझाइसकेको छ ।
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्