
नेपालगन्ज ।
नेपालगन्जस्थित विद्यालय सान्दिपनी विद्या निकेतन (एसभी निकेतन)ले आफ्नो अभिभावक दिवस मनाएको छ । शनिबार एक कार्यक्रमका बीच विद्यालयले आफ्नो १०औँ अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालयका विभिन्न विधाका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूका विभिन्न कलाहरूको प्रस्तुति पनि गरिएको थियो । कार्यक्रममा गायक कमल बिसी माल्दाईले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
प्याब्सन नेपालगन्ज नगर अध्यक्ष विकास बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक धनराज कट्टेलले २०७२ सालमा २५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले करिब दुई सय ५० भन्दा बढी विद्यार्थीहरू रहेको र शिक्षाको गुणस्तर पनि निरन्तर वृद्धि भइरहेको बताए ।
उनले अभिभावकहरूको विश्वास जितेकै कारण विद्यालयले निरन्तर प्रगति गरिरहेको बताएका छन् । पाठ्यक्रमका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अब्बल रहेको उनको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्