बाँकेको खजुरा गाउँपालिकामा पर्ने पेडारी नालाको निर्माणाधीन पुलछेउमा बमजस्तो बस्तु राखिएको फेला परेको छ। एकाबिहानै बटुवाहरूले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै पुगेको प्रहरी र सेनाको टोलीले अहिले उक्त क्षेत्रमा आवतजावत बन्द गरेको छ। नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुग्न लागेको बताइएको छ। बमजस्तो वस्तु फेला परेपछि स्थानीहरूमा त्रास फैलिएको छ।
प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्