खड्गबहादुर बोहराको पहिलो दिनको पहिलो प्रहरः आध्यात्मिकचेतनाको संवाहक



डा. राजकुमार थारु

पृष्ठभूमी

२०२१ साल माघ१९गते अछाम जिल्लाको कमलबजार ७, सेरा गाऊं (बड्डी अछाम)मा जन्मिनु भएकाखड्गबहादुर बोहराको पहिलो कृतिकवितासङ्ग्रह“पहिलो दिनको पहिलो प्रहर” को रुपमा पाठकसामु आएको छ।यस साहित्यिक सत्कर्मका लागिकविबोहराज्युलाई हार्दिक बधाई दिंदै यस सङ्ग्रहको संक्षिप्त समीक्षा प्रस्ततु गर्दछु । यो कवितासंग्रहमाजम्मा ५४ वटा कविताहरु संग्रहित छन् । यस कृतिमा संग्रहितकविताहरुले विविधबिषयबस्तुका रङ्ग र तरंगहरुलाई समेटेकाछन् ।आध्यात्मिकपक्षलाइउच्चप्राथमिकतादिएर उहाले अधिकांशकविताहरु कोर्नु भएतापनि प्रेम, सद्भाव, उत्तरदायित्व, अनुभव, मानवीयता लगायतका मुद्दाहरुमा पनि वहाँले घनिभूत रुपले आफ्नो कलमचलेको देखिन्छ।प्रसिद्द साहित्यकार खगेन्द्र गिरि कोपिलाले भने झैंकविबोहराज्युले आफ्नो यस कविताकृतिमामुलतःहृदयलाई सुम्सुम्याउने र अन्तरचेतनालाई झक्झक्याउने उत्तरदायित्वपूर्ण कार्य गर्नु भएको छ।कविता सौन्दर्यको साधनमात्रनभई जीवन, समाज र यथार्थको गहिरो अभिव्यक्तिपनिहो।कविबोहराज्यूको जीवनअनुभूतिकाथुप्रै उदाहरणहरुको बेलीविस्तार यस कवितासङ्ग्रहको मध्यमबाट उद्घाटित भएकाछन् । यस अर्थमाआफ्नाकवितामावहांले मानवभावना, अनुभूति, कल्पना र विचारलाई आन्तरिक लयात्मक, सघन र कलात्मकभाषामाअभिव्यक्तगर्नुपर्छ भन्ने काव्यिकमान्यतालाई आत्मसातगर्नेप्रयत्नगर्नु भएको छ।

केही प्रतिनिधि कविताहरुको संक्षिप्त समीक्षा

ग्रीककवि अरिस्टोटलको विचारमाकविताजीवनको अनुकरण हो,जसमायथार्थलाई कलात्मकढङ्गले प्रस्तुतगर्दै सार्वभौमिक सत्य प्रकटगरिन्छ।कृतिकार बोहराज्यूले यस संग्रहमाआफ्नाजीवनकाभोगाईहरुलाई नै कविताको माध्यमबाटअनुकरण गरेको कुरा स्पस्टनै छ।सरस्वती वन्दनाबाटशुरु भएको कवितासङ्ग्रहईश्वर अर्थात् प्रभु प्रतिकृतज्ञहुँदै समापनभएको छ, यसबाटकविबोहराज्यूको व्यक्तिगतजीवनको भोगाईको क्रममा ईश्वरको कृपाको ठूलोे महत्वभएको कुरा पनि प्रष्टहुन्छ ।अझ स्पस्टशब्दमाभन्नुपर्दा यो कवितासङ्ग्रहमार्फत कविबोहराज्यूको जीवनको आध्यात्मिकपक्षउजागर भएको देखिन्छ ।आफ्नो जीवनको लामो समय शिक्षा क्षेत्रमा समर्पित गर्नुभएकाकविज्यूले सरस्वतीवन्दना (पृष्ठ११) कवितामार्फत विद्याकी देवीलाई हार्दिक नमन गर्नुभएको छभने स्वार्थ (पृष्ठ२२), प्रकृति र ईश्वर (पृष्ठ१०२) र कृतज्ञ(पृष्ठ१२०) शिर्षककाकविताहरुमाइश्वरप्रतिको आफ्नो विश्वास, लगाव र समर्पण देखाउनु भएको छ।आफ्नो जीवनमाप्रभुको अनुकम्पाको बर्णन गर्दैकविबोहराज्यूले लेख्नु भएको छः–

प्रभुको शितलछहारीमा
रमाउन मन लाग्छसधै
मधुर ज्ञान प्रवाहले

काँडैकाँडा ओछ्याएको बाटो पनि सहजभई दियो ।

(कृतज्ञ पृष्ठ १२०)

अरिस्टोटलले भने झैँयी पङ्तिहरुमाआस्तिकएवं वैदिक दृष्टिकोणबाट हेर्ने हो भने मानवजीवन र ईश्वरीय सत्यता प्रकटभएको छ। जीवनदर्शन र आध्यात्मिकचिन्तनलाई बिषयबस्तु बनाएर कविबोहराज्यूले यस कविता संग्रहकाअधिकांशकविताहरु रच्नुभएको छ। यस्ता बिषयबस्तुहरुमाकविता रचनागर्दा बेलायतीकविविलियम वड्सवर्थले भने झैंशान्तअवस्थामा बसेको बेलासम्झिएको तीब्रभावना जो स्वतस्फुर्त रुपमासाधारण मानिसको सरल स्वाभाविकभाषामाअभिव्यक्त हुन्छन ।जीवनदर्शन र आध्यात्मको ज्ञान र यसको अभिव्यक्तिगहनअध्ययन र अनुभूतिबाटसम्भवछ।कविबोहराज्यूले यस्ता अनुभव ग्रहण गर्न आफ्नो दशकौंको संघर्षलाइ सदुपयोग गर्नुभएको छ।अनुत्तरित प्रश्न(पृष्ठ१२), कर्मपथ (पृष्ठ१३), सम्भव र असम्भव (पृष्ठ१४), रहस्यअनुभूतिको (पृष्ठ१५), जीवन एक लक्ष्य (पृष्ठ१८), दाउपेच (पृष्ठ १९), गन्तव्य(पृष्ठ२०), जीवनको अस्तित्व (पृष्ठ५६), साक्षात्कार (पृष्ठ५८),प्रश्न (६०), उर्जार शक्ति (७१), मनको वेग (पृष्ठ७७), समयको भेल (पृष्ठ७९), सत्यको बाटो (पृष्ठ८८), दृष्टिभ्रम (पृष्ठ९२ ), बाटो बिराएको समय (पृष्ठ ९८),आजअथवाकुनै दिन (पृष्ठ१०४) जस्ता कविताहरुमाकवि खड्गबहादुर बोहराज्यूले आफुले देखेभोगेको, सुनेको र पढेको आधारमाजीवनको विभिन्नआयाम र दृष्टिकोणहरुलाई व्यवहारिक दार्शनिक रुपले प्रस्तुत गर्ने प्रयत्न गर्नु भएको छ।

कविताकल्पनाको सर्वोच्च अभिव्यक्तिहोभन्ने बेलायतीकविपी. बी. शेलीको बिचारलाइआत्मसात गरेरबोहराज्यूले यस कवितासंग्रहमाकल्पनाशिलतालाई खासै स्थाननदिएको भएपनिशेलीकै विचारसँगतालमेलगर्दैकविहरु समाजकाअदृश्य विधायकहुनभन्ने हिसाबले समाज सुधारकानिम्तिआफ्ना पाठकहरुलाई जिम्मेवारीपुर्वक अगाडी बढ्न आग्रह गरिएकागन्तव्य (पृष्ठ २०) जस्ता कविताहरु यस कृतिमा संग्रहितछन् ।

वहाँ भन्नुहुन्छः–
तिमीआफ्नो लक्ष्यलाई
निश्चित गरेर
नदीको बगाई जस्तै अविरल
सूर्यको हिंडाईजस्तै नित्य
गन्तव्यको खोजीमा अघिबढनिरन्तर अघिबढिराख
कतै नरोकिएर अघिबढ।

भारतीयकवि रवीन्द्रनाथटैगोरले कवितालाइआत्माको स्वतन्त्रअभिव्यक्तिभन्दैयसले मानव, प्रकृति र आध्यात्मिक सत्यबीचको सम्बन्धउजागर गर्छभनेका छन ।पहिलो दिनको पहिलो प्रहरकवितासंग्रहमाकविबोहराले टैगोरको विचारलाई बल पुग्ने गरी कर्मपथ (पृष्ठ १३ ) कवितामा घामपानीको सम्बन्ध जस्तै रात र दिनको सम्बन्ध जस्तै निरन्तर बगिरहने नदि जस्तै भनेर जीवनलाई प्रकृतिसंग तुलनागर्दै यसलाई निरन्तर चल्नदिनुपर्ने रायव्यक्त गर्नु भएको छ भने जीवन एक लक्ष्य (पृष्ठ १८ ) कवितामाजीवनलाई जीवनकै लक्ष्यहो भन्ने दार्शनिकअभिव्यक्तिदिंदै आत्माको परमात्मासितमिलनहुनतपस्याचाहिने कुरो गर्नुभएको छ । त्यसैगरी स्वार्थ (पृष्ठ २२ ) र प्रकृति र ईश्वर (पृष्ठ १०२ ) कवितामाकविले ईश्वरले रचेको सुन्दर प्रकृतिलाई स्वार्थी मानिसहरुले बिथोल्दै अनिष्ट निम्त्याएकोमाचिन्ताव्यक्तगर्नु भएको छ । कवितालाई मानव हृदयको सहजर सजीवअभिव्यक्तिहोभन्ने रायदिंदै महाकविलक्ष्मीप्रसाददेवकोटाले कविताजनजीवन र मानवीय संवेदनासँगगहिरो रूपमाजोडिएको हुन्छ भन्नु भएकोछ ।महाकविदेवकोटाको यो काव्यिकविचारलाई कवि खड्गबहादुर बोहराको अधिकांशकविताहरुले आत्मसात गरेको देखिन्छकिनभने यस कृतिभित्र समेटिएका कविताहरुमागहनदार्शनिक मुद्दाहरु पनि सरल ढगबाटप्रस्तुत गरिएकाछन् ।आफुले आफैलाई चिन्ने जस्तो गहन कुरा कविले अनुत्तरित प्रश्नभन्ने कवितामाअत्यन्त सरल भाषाशैलीमाभन्नु हुन्छः–

रमाउने कलानभएर हो कि !
अन्जान जस्तै भईयो जानेरै पनि
अनभिज्ञजस्तै भईयो चिनेर पनि
अहमता मै रम्न खोज्यो सधै … (पृष्ठ१२ )

कविभूपी शेरचनले कवितालाइ समाजको यथार्थ प्रतिबिम्बभन्दै यसले सामाजिकविसङ्गति र असमानताप्रतिप्रश्न उठाउँछभन्नेविचारसँगऐक्यबद्दता जनाउदै कविबोहराले दाउपेच (पृष्ठ १९) किन हरायौ फेरी? (पृष्ठ ३५), समयको भेल (पृष्ठ ७९) जस्ता कविताहरु कोर्नुभएको छ । बदलिएको समयसंगै हिड्न नजान्ने र हिड्न पनिनचाहने कमजोर अवस्थामाथिप्रहार गर्दैवहाँलेख्नुहुन्छ ः–
सावधान !

नेपालआमाका सन्तान !
कतै आमाको अस्मिता लुटिने त हैन?
उसको लहै लहमानलाग है ।
नलागउसको पछि पछि
उसकाचर्तिकलाबाट
जोगाउआफुलाई ।

(समयको भेल, पृष्ठ ८० )

आफ्नो शिक्षण पेशाको अनुभवलाई आधार मानेर कविबोहराले प्रधानअध्यापक (पृष्ठ २६ ), म शिक्षक (पृष्ठ ३२ ), र गुरुदक्षिणा (पृष्ठ३७ ) गरी तीन वटा कविता रचनागर्दैप्रधानाध्यापकअनिशिक्षकका पीडाहरु र कामकर्तव्यहरुलाई पस्किनु भएको छभने नारीवादलाई केन्द्रमा राखेर नारीको महानता र बहुमुखीप्रतिभालाई सलामगर्दैछोरी पाउनु लाई पुर्वजन्मको सत्कर्मको पुन्यफलमानिने सामाजिकमान्यता को चित्रण गर्दै मात्र दुइवटा कवितानारी (पृष्ठ२४ ) र छोरी (पृष्ठ४९ )लेख्नु भएको छ।मायाप्रेमलाई अत्यन्तकममहत्वदिएर वहांले मात्र एउटा कविताआग्रह (पृष्ठ८२ ) रचनागर्नु भएको छ, जसमाआफ्नीधर्मपत्नीवन्दनालाई नै समर्पण गर्नु भएको छ।यसरी कविबोहराले आफ्नो यस कवितासंग्रहमाकल्पनाको सट्टा वास्तविकतालाइ नै केन्द्रमा राख्नु भएको छ।आफ्नीप्रियवन्दनालाई कविबोहरा यसरी आग्रहगर्नु हुन्छः–

तिमीजुन रुपमाआएपनिआइरहनु
तिमीजुनबेल्लाआएपनिआइरहनु
कहिले मेरो ध्यानमाआउनू
कहिले चेतनामाआउनु
कहिले मेरो प्यासमाआउनु
कहिले मेरो त्रिप्तिमाआउनु
म तिम्रो वन्दनामा गरि रहने छु
तिमी मेरो वन्दना बनेर आइदिनु (पृष्ठ८३ ) ।

बेला न कुबेलाकाबन्द र हडतालको बिरुद्दमा कविबोहराले बन्द(पृष्ठ३९) शिर्षकको कवितामा राजनीतिमाबन्द स्वयम् पनिबन्दि नै बनेको भनेर ब्यङ्गगर्नु हुन्छभने प्रतीकात्मक रुपमाजीवनलाई क्रिकेट(पृष्ठ४४) कवितामाक्रिकेटखेलसंग तुलनागर्नु भएको छ ।यस कवितामाकविले खेलमा जस्तै जीवनमापनिहामीले नियमपालन गरेर आगाडी बढेको खण्डमा मात्रै यो अर्थपूर्ण हुन्छभन्ने आशयव्यक्तगर्नु भएको छ। अहिंसाको आह्वानसहितहिँसाअन्त्य गरौं (पृष्ठ५३ ) भन्ने कवितामा सबै प्राणी जति ईश्वरको सन्तानभएको भन्दै मान्छेले अन्य प्राणीहरुको हत्या गरेर पेटभर्ने कामबन्द गर्नु पर्ने आग्रहगर्दै वहाँभन्नु हुन्छ ः– भयो मान्छेभयो ÷ अब रोक यो हिंसाको नाटक ÷ कुनै पनिनिंहुमा कसैको प्राण लिनु ÷ सबै भन्दाठूलो अपराधहो मानव सभ्यताको ÷ आफुभित्रकोशिवत्वसितको साक्षात्कार गर्ने इच्छाले कविअग्रगमनछोड्न नसकेको भन्दै परमात्माशिवसंगको मिलनको चाहनाअभिव्यक्तगर्नु हुन्छसाक्षात्कार (पृष्ठ५८–५९) शिर्षकको कवितामाभने प्रश्न (पृष्ठ६०–६१)कवितामागम्भीर आलंकारिक प्रश्नहरु गर्नुहुन्छ।वहाँलाई शीर ठाडो पारेर हिड्न र स्वाभिमानबोकेर उभिएर माथिहेर्न पनिबन्देज गरिएको छ ।त्यसैले कविके जीवनभन्नु निरन्तर दगुरिरहने एउटा यन्त्रमात्रे हो र??भन्दै प्रश्न नै गर्नुहुन्छ।

एउटा अमुक“ऊ”पात्रको आत्मकेन्द्रितआत्ममुखी चित्रण गर्दैकवि खड्गबहादुर बोहराले आँखाको रङ्ग (पृष्ठ६५ ) कविता रचनागर्नु भएको छजसमा“ऊ”पात्रअचेलपुँजी र भौतिकतााको रासमाचुर्लुम्म डुबेको र आफ्नै आँखाको रंगमाटल्किएको कविको ठम्याई रहेको छ।मन शब्दलाई शिर्षकमा राखेर कविबोहराले दुइवटा कविता संगसंगै कोर्नु भएको छ–विपन्न मन (पृष्ठ७५) रमनको वेग (पृष्ठ७७)।यीकवितामावहांले मनको चंचलताकोचर्चा गर्दै यो मनको के भर हुन्छबहकिने मात्रडरहुन्छभन्ने कविएवं गीतकार सुरेन्द्र राना को विचार सँगतालमेलगर्नु भएको छ।आँखाको रहर (पृष्ठ९४) माकविले आफ्नो गाउँमाप्रधानमन्त्रीदेखेर कविको हृदयको बलौटेबगरमाआँखाका रहरहरुले छाल हान्न थाल्दछन ।प्रधानमन्त्रीआएपनिगएपनिवहांको गाऊं भने जस्ताको त्यस्तै सुदुर कल्पना मै डुबिरहेको यथार्थ बर्णन गर्नुहुन्छ । प्रतिदिनभई रहने मारकाटको कारणले प्रेमको फूलफुल्ननसक्ने, अनिअहमताले आत्मियता हराउंदै गएको र मानवता हराएर मानिस पशुसरहभई बाटो बिराएकोमाचिन्तागर्दै कविबोहराले बाटो बिराएको समय (पृष्ठ९८) भन्ने कवितामार्फत मान्छेहरुलाई नैतिकवानहुनआग्रह गर्नु हुन्छभने यस कवितासंग्रहको शिर्षक कवितापहिलो दिनको पहिलो प्रहर (पृष्ठ११७)मावहांले जीवनजगत, मानवता, प्रकृति, शान्तिसद्भावलगायतकाबिबिधबिषयबस्तुहरुमाआफ्नो अन्तरमनको इच्छालाई देखाउंदै गर्दै विभिन्नआग्रहहरु गर्नु भएको छ। उक्तकवितामाप्रयुक्तशब्दावली“पहिलो दिन” र “पहिलो प्रहर” ले विम्वात्मकअर्थ बोकेकाछन् ।यीशब्दावलीहरुलाई सोझो अर्थमाबुझ्नखोज्दाभने केही अस्पष्टता देखिन्छ ।किनभने यो सृष्टीमा पहिलो दिनकहिले र कस्तो थियो भन्ने कुरा विज्ञानका लागिपनि सामान्यहोइन । तर कविमा एक प्रकारको सकारात्मकउर्जा महशुशहुने गरी प्रवाहितभएको आध्यात्मिकचेतनाकोदिनलाई पहिलो दिनभन्नखोजेको आँकलनवहाँकाअभिव्यक्तिहरुबाटगर्न सकिन्छ; पहिलो प्रहरपनित्यहीदिव्यता महसुस गरेको पललाई नै इंकितगर्न खोजेको देखिन्छ

निष्कर्ष

कविताभावना, कल्पना, यथार्थ र सामाजिकचेतनाको समन्वित रूप पनिभएको हुनालेयो विधा साहित्यको सशक्त र प्रभावकारी विधाहो ।कवि खड्गबहादुर बोहरा आफ्नो यो पहिलो कृतिमार्फत आफ्नाजीवनभोगाईका अनुभवहरु साझागर्दैजीवनमाआध्यात्मिकचेतनाको समिश्रणबाटअर्थपूर्ण रुपमा सहजभएको कुराको उद्घोषगर्न आइपुगेको भानहुनेगरी अभिव्यक्तहुनुभएको छ।जीवनलाई अनेक कुराहरुसिततुलनागर्दैयसलाई कसरी उत्तरदायीर संयमितएवं परिस्कृत गर्न सकिन्छभन्ने मूलचासो वहाँमा रहेको देखिन्छ।यस कृतिमार्धरै बिषयबस्तुहरुमा आफ्नो अभिमत प्रकटगरे पनिकविबोहराको केन्द्रियबिषयबस्तु चाहिं आध्यात्मिकजागरण, इश्वरीय चेतनारसमर्पण अनिजीवनदर्शन नै हुन।बिषयबस्तुहरुलाई ओजपूर्ण तरिकाले उठान गर्नु कविबोहराको बलियो काव्यिकचेतनाको उदारहण हो भन्न सकिन्छ।पहिलो कृतिमै यतिगम्भीर ढगलेगहनविषयबस्तुहरुलाई पस्किनुले श्री बोहराज्यूको साहित्यिकलगाव र यस सम्बन्धीअध्धयनपहिलादेखि नै पहुँचमा रहेको अनुमानगर्न गाह्रो छैन ।कुनैंपनि साहित्यिक रचनामाअभुभव र अध्ययन् दुबैको ठूलो भूमिकाहुन्छकिनभने यही कुराकोे जगबाटसाहित्यिकघरको निर्माण हुन्छ।

तथापिअनुभव र अध्ययनको साथसाथै अभ्यास भन्ने कुरा साहित्यिक रचनाको संसारमाअत्यन्तआवश्यकतत्वभएको हुनाले साहित्यिक लेखनको अभ्यासले मात्रै सिर्जनाहरु उत्कृष्ट रप्राविधिक रुपले पनिअब्बलहुनसक्ने कुरा सुस्पष्टनै भएको हुनाले कविबोहराज्यूको उत्कृष्टकृतिहरु पाउनकालागि पाठकहरुलाई वहांको आगामी साहित्यिक कृतिको प्रतीक्षागर्नैे पर्ने किनपनि हुन्छभने यस कविता संग्रहमा समाविष्टकेही रचनाहरुमाबिषयवस्तु अत्यन्तगर्विलो र शुरुवातपनिअत्यन्तगम्भीर हुँदाहुंदै पनिबीचबिचमाउक्तगम्भीरताहरु खलबलिनपुगेका देखिन्छन् ।उदाहरणको लागिप्रधानअध्यापकभन्ने कविताको पहिलो श्लोकमा “ हतारमा हिडियो ÷ निस्फिक्री हिडियो÷ गन्तव्यनजिकिदै थियो ÷ सोचमा परिवर्तन आउंदै थियो“ भन्दै गर्दा हतारमा हिंडेको मान्छेकसरी निस्फिक्रीहुन सक्छअनिविद्यालयपुग्दै गर्दा वहांको सोचमा परिवर्तन आउदै थियो भन्ने कुराले पाठकलाई अल्मल्याउने देखिन्छ।यहाँनिर शब्दचयनमाकेही त्रुटी भएकोमहशुशहुन्छ ।घरभन्ने कवितामाभवनमात्रहोइन रहेछघर÷सजीवताको प्रतिकपो रहेछघर÷भनेर सम्बोधन गरेकाकविबोहराले पाँचौ श्लोकमाभने यू टर्न गर्दै “बस्दै जाँदाघरआफै बन्दै जाँदो रहेछ“भनेर शुरुवातीविषयसंग बाझिन् पुग्नु हुन्छ।यस कवितासङ्ग्रहको शिर्षक कवितालगायतकाकेहिकविताहरुमापनिशिर्षकमाभन्दापनिअन्य कुराहरुमाथिशब्दहरु खर्चिएको देखिन्छ ।शिर्षक सार्थकतानभएको अवस्थामाकविताशसक्तहुननसक्ने भएको हुनालेयी सामान्यकुराहरुतर्फ कवि खड्गबहादुर बोहराज्यूलाई आगामीकृति रचनार प्रकाशनगर्दा ध्यानपुर्याउन सल्लाहसुझाव दिन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार