काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेकाे सांसद पद निलम्बनको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुष बडाललगायतले रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
तीन दिनअघि नै पेस भएको रिट निवेदन सर्वोच्च प्रशासनले भने अझै दर्ता गरेको छैन । रिट निवेदन दर्ता नहुने भए दरपीठ आदेश (दर्ता नहुने भनि लेखिएको आदेश) दिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म उक्त निवेदन दरपीठ भएको छैन ।
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्