वाम गठबन्धनका शुत्राधार समेत रहेका उम्मेदवार वामदेव गौतम पराजित



कोहलपुर, २५ मंसिर, बर्दियामा प्रतिनिधि सभा क्षेत्र नंं. १ मा नेकपा एमाले वरिष्ठ उपाअध्यक्ष एवं वाम गठबन्धनका शुत्राधार समेत रहेका उम्मेदवार वामदेव गौतम पराजित भएका छन् । गौतमलाई नेपाली काँग्रेसका युवा नेता सञ्जय गौतमले पराजित गराएका छन् । संञ्जय गौतमले ४४८२६ मत प्राप्त गरेका छन् । वाम देव गौतमले ४४०७६ मत प्राप्त गरेका छन् ।
बर्दिया क्षेत्र नं. १ मा गत स्थानीय तहमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत संख्या जोड्दा हाल लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरुले पाएको जम्मा मत भन्दा झण्डै २९ हजार बढि रहेको
थियो । वाम गठबन्धनको पक्षमा यति धेरै मत रहेको र एमाले वरिष्ठ उपाध्यक्ष गौतम नेपाली राजनीतिका ‘‘हेभीवेट” नेता समेत भएकोले उनको जित सुनिश्चित मानिएको थियो । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा प्यूठान र बर्दिया क्षेत्र नं. १ बाट निर्वाचन जितेका गौतम पछि बर्दिया क्षेत्र नं. १ छोडेर प्यूठान रोजेका थिए । पार्टीको वरिष्ठ नेता र नेपाली राजनीतिको ‘‘हेभीवेट” नेता भएर पनि पछिल्लो समयमा बर्दियाली जनताका लागि केही गर्न नसकेको बर्दियाली मतदाताहरुको गुनासो
थियो । निर्वाचनको प्रचार प्रसारका क्रममा जनताका गुनासाहरु धेरै आएका थिए । आखिर गौतमले निर्वाचनमा पराजय भोग्नु प¥यो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २५ गते सोमबार