26 September 2021  |   आइतवार, अशोज १०, २०७८

नौैं बँुदे घोषणा पत्र जारी गर्दै सकियो रेडियो भेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

कोहलपुर, १७ जेष्ठ   / रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो ऐतिहासिक राष्ट्रिय भेला ११ बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ । दुई दिने भेलामा रेडियो पत्रकारहरुको अबस्था, समस्या, चुनौती र समाधानसँगै समन्वयका विषयमा व्यापक छलफल गर्दै ९ बुँदे कोहलपुर घोषणापत्र जारी गरिएको हो ।
घोषणापत्रमा श्रमजीवि पत्रकार ऐन सबै रेडियोहरुमा लागु गर्न सरकारसँग जोडदार माग गरिएको छ । रेडियोमा काम गर्नेहरुले नियुक्तीपत्र सँगै न्यूनतम पारिश्रमिक समेत नपाएको, लामो समयदेखि काम गरेका पत्रकारहरुलाई स्थायी नियुक्तीको व्यवस्था, नियमित विदा, सञ्चयकोष, बीमा, औषधी उपचार खर्चजस्ता कानुन बमोजिमका सुविधासमेत पाउन नसकेको पाईएकाले यसलाई कार्यान्वयन गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने घोषणा पत्रमा उल्लेख छ ।
यस्तै रेडियोमा काम गरेका आधारमा पाउने पारिश्रमिकले दैनिक जीवन चल्न नसक्ने अवस्था रहेको भन्दै जनजिविकाको सवालमा रेडियो पत्रकारहरुको पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको पारिश्रमिक दिनै बिषयमा यो भेला जोडदार माग गरेको छ ।
रेडियोमा कार्यतरत हरेक कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी जस्ता कार्यक्रममा सहभागी गराउनुका साथै गलत प्रबृतीलाई सचेत र राम्रो कामका लागि प्रोत्साहनका
कार्यक्रम ल्याउन सम्बन्धित निकायलार्ई आग्रह समेत गरिएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     12:58:16 PM  |