‘शान्तिसुरक्षाका लागि सबै सुरक्षा निकायसँग सहकार्य भइरहेको छ’



कोहलपुर ।

आसन्न निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनका लागि सबै सुरक्षा निकायसँग सहकार्य भइरहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताए । उनले निर्वाचन आउन केही दिन बाँकी रहेकाले शान्तिसुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायबीच सहकार्य र छलफल भइरहेको बताए ।

निर्वाचनमा सबै निकायहरू आआफ्नो भूमिका निवार्ह गर्ने गरेर निर्वाचन आयोगसँग अत्यन्त नजिक रहेर काम गर्ने उनको भनाइ थियो । शान्तिसुरक्षाका लागि केन्द्रीय सुरक्षा समिति रहेको बताउँदै उनले त्यसका लागि नागरिक र दलहरूमा पनि निर्भर रहने उनी बताउँछन् ।

‘निर्वाचनमा सुरक्षाको विषयमा सबै सहभागी हुने नागरिक र दलहरूमा पनि निर्भर हुन्छ,’ उनले भने, ‘अहिले निर्वाचनका गतिविधिहरू नियमति रूपमा चलिरहेका छन् । त्यसैले अब समयमै निर्वाचन हुन्छ ।’ निर्वाचनका सबै कार्यहरू नियमित गतिमा भएको र तोकिएको समयमा नै निर्वाचन हुने उनी बताउँछन् । त्यसका लागि सम्बन्धित सबैसँग सहकार्य र छलफल गरेर एकीकृत सुरक्षा योजना बनाएर सोहीअनुसार कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार