कोहलपुर (बाँके) ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाँके निर्वाचन क्षेत्र नम्बर १ ले निर्वाचन आचारसंहिता पालनामा पार्टी र उम्मेदवार प्रतिबद्ध रहेको जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल र उम्मेदवारलाई तोकेको जिम्मेवारी पूरा गर्न पार्टी प्रतिबद्ध रहेको जनाइएको हो।
बाँके निर्वाचन क्षेत्र नम्बर नं.१ उम्मेदवारसँग पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति आनन्दबाबु काफ्लले यस्तो बताएका हुन् ।उनका अनुसार पार्टी र पार्टीका उम्मेदवारले निर्वाचनलाई पूर्ण पालना गर्दै चुनावी प्रचार प्रसार अभियानमा सक्रिय छन् । सभापति काफ्लेले आफूहरूले संयमित रूपमा जनताको घरदैलोमा गरिरहेपछि निर्वाचन अनुगमन समितिले आफूहरूलाई सचेत गराएको जानकारी दिए ।
‘निर्वाचन आयोगले दल र उम्मेदवारलाई दिएको निर्देशन पालना गरेरै चुनावी अभियानमा छौँ । पार्टीले संयमता अपनाउँदा समेत निर्वाचन अनुगमन समितिमा गुनासो पुगेको र समितिले सचेत गराएको छ । रास्वपा र हाम्रा उम्मेदवार आचारसंहिता पालना गर्न पूर्ण प्रतिबद्ध छन्,’ उनले भने । उनले रास्वपा कुशासन बेथिति र भ्रष्टाचारविरूद्ध जनतामाझ गएको उनले बताए । जनताको सपना पूरा गर्न र न्यायका लागि चुनाव छ ।
उक्त अवसरमा बोल्दै रास्वपाका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार सुरेशकुमार चौधरीले सडक पूर्वाधार र कृषिमार्फत समृद्धिलाई मुख्य प्राथमिकता दिएर आफू चुनावी मैदानमा होमिएको बताए । उनका अनुसार बाँके क्षेत्र नम्बर १ मा विकासका दृष्टिले पछि परेका क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउने भूमिका खेलिनेछ । सांसदको काम नीति निर्माण गर्ने भएपछि जनअपेक्षा अनुसार क्षेत्रको विकाससमेत प्रमुख जिम्मेवारी रहने भएको आफू आफ्नो क्षेत्रको विकासमा अग्रसर हुने उनले भनाइ थियो ।
उम्मेदवार थारूले भने, ‘जनताका आवाज बोल्न र बेथितिका विरुद्ध मेरो उम्मेदवारी हो । अहिले पनि समाजको मूल प्रवाहमा आउन नसकेका समुदायको आवाज बोल्ने छु । देशको नीति निर्माण तहमा उक्त समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नेछु ।’ बाँके क्षेत्रमा आफूले जित्ने उनले जिकिर गरे । क्षेत्र नम्बरका जनताले आफूलाई जिताउने दाबी गर्दै उनले जितेर संसद्मा पुगेपछि नीति निर्माणमा सहभागी हुने र बाँकी समयमा जनतामाझ रहेर काम गर्ने उम्मेदवारको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्