श्रम संस्कृति पार्टीको केन्द्रीय समितिले पार्टीबाट समानुपातिकतर्फ साँसद बन्ने चार जनाको नाम टुंगो लगाएको छ । धरानमा अध्यक्ष हर्क साम्पाङसहित बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता सत्य घलेका अनुसार पार्टीले आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की)लाई छानेको छ ।
पार्टीले निर्वाचन आयोगले तोकेअनुसार क्लस्टर मिलाउने प्रयास गर्दा समानुपातिक सिट थोरै तर सांसद बन्न चाहने आकांक्षीहरू धेरै भएपछि पार्टीलाई नाम टुंगो लगाउन सकस परेको थियो ।
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्