समीक्षाः ‘स्वस्पर्श’लाई स्पर्श गर्दा



सुमित्रा न्यौपाने

डा.नवराज के.सी.पेशाले चिकित्सक हुन् । पहिलो पुस्तक शुन्यको मुल्यमा कर्णालीका तमाम स्वर र विभिन्न उमेर समूहका पात्रको संर्घष, यथार्थ र बालमनोविज्ञानका कथा समेटेर लेखकीय पहिचान बनाएका के.सी.को पछिल्लो पुस्तक स्वस्पर्शले सकारात्मक सोंच, आत्म अन्वेषण र प्राणी बाँच्ने आधार समेत सिकाएको छ । जीन्दगी बाँच्ने क्रममा आइपर्ने उतारचढावलाई सन्तुलित बनाउने औषधि समेत उल्लेख गरिएको छ । स्वस्पर्श पुस्तकमा डाक्टरले विरामीको शरिर मात्र हेरेका छैनन् सह्दयी बनेर उनीहरूको आत्मा समेत छिचोलेका छन् । मनोपरामर्शको माध्यमबाट मुटको अन्तरकुन्तरमा खिल बनेर रोपिएका तिखा काँडा निकाल्न समेत सहयोग गरेका छन् । स्वस्पर्शमा मानवीय संवेदना छ । पुस्तकमा पात्रका तस्विर सक्कल छन् । यस्ता पात्रका कथा लेख्न निकै गाह्रो हुन्छ । तर लेखक कत्ति पनि विचलित भएका छैनन् उनले तस्विरका असली पात्रसँग अनुमति लिएर उनीहरूको गोपनियता, नैतिकता र आफ्नो अनुभवबिच सन्तुलन मिलाएर पुस्तक तयार गरेका छन् । पुस्तकमा रहेका पात्र जंगबहादुर, पर्वत, मन्दिरे, नवराज भेंडा लगायतका पात्रको अनुहार झल्को बनेर आँखामा बसेका छन् । उनीहरूको कथाको सुरुवात अनुहार हेरेर र कथाको अन्त्य त्यही कथा पढेर गर्न सकिन्छ । यस मानेमा पनि उनी सफल लेखक हुन् भन्न सकिन्छ ।

दलित शब्द हेपिएका र दबिएका, पछि परेका र पारिएकाहरूलाई संवोधन गरेर बनाइएको शब्द हो । जातका आधारमा मात्र दलित मान्ने, निच ठान्ने र अपमान गर्ने हाम्रो समाजमा अभैm पनि पूर्ण रुपमा चेतना पलाएको छैन । कानुनी दस्तावेजमा परेका तमाम धारा उपधाराहरूले समेत समाजको जरासम्म पुगेर अभैmपनि छुवाछुत र विभेद अन्त्य गर्न सकेको छैन । बोल्ने एकातिर र गरी देखाउने अर्कोतिर भएको हाम्रो समाजको बिर्को खोल्नका लागि ठूलै छाल आउनुपर्ने देखिन्छ । स्वस्पर्श पुस्तकमा रहेकी एक संर्घषशील पात्र अस्मिता वादी चिसो इन्धन सल्काउनका लागि झिल्का झिल्का जोडेर राखेको एक अंगालो चेतनाको आगो बोकेर हिडेकी छिन् । लाइन्मा एक्लै लाइन बनाएर उभिएको, कक्षामा बस्ने छुट्टै कुना बनाएर कसैलाई नछुने गरी भुँइमा बसेको, विद्यार्थी धेरै हुँदा छोइने डरले बाहिर निस्की झ्यालको प्वाल बाहिर उभिएर पढेको, मान्छे छोइदा साथी मात्र होइन शिक्षकबाट समेत पिटाइ खाएर पनि निर्भीक र जिद्दी जीवन बोकेर बढ्दै कक्षा प्रथम भएको कथावस्तु पढ्दा हिजोको इतिहास झल्झल्ती आउँछ । कपडा सिलाउने दमाइ दाइको घरमा पोलेको मकै खाँदा नुहाउन लगाइ सुन पानी छर्केर घर भित्र लैजान लगाउने हजुरबुबाको अनुहार समेत मेरो अगाडि नाचिरह्यो । समतामूलक र समावेशी समाज बनाउनका लागि सबैले आआफ्नो ठाउँबाट कोशिष गर्नुपर्छ । जीवन भनेको कोशिष गर्नेहरूको हो । हारेर मैदान छोड्नले न त जीवन बनाउन सक्छ न त समाज र देश नै । सकारात्मक दृष्टिकोण राखेर खुसीलाई बानी बनाएर डुक्रे मुस्कान ओंठमा सजाई अगाडि बढ्न सके मात्र मन परिवर्तनका दिशातर्पm अग्रसर हुन्छ ।

अहिलेको मानिसले आफ्नो दुख सबैभन्दा ठूलो असफलता ठान्दछ । आपूmलाई परेको जस्तो अप्ठेरो केही गरी पनि टर्दैन जस्तो गरेर आत्तिन्छ । आत्तिएको मान्छे जुक्ति र बुद्धि लगाउन छोडेर हड्बडाउँदै दौडिन खोज्छ अनि पल्टिन्छ । स्वस्पर्शमा लेखकले दुःखी भएका ती आत्मालाई सम्झाउन खोज्दै भनेका छन् ‘सबै दुःखमा दुखी हुनैपर्छ भन्ने जरुरी छैन केही दुःख जीवन सिकाउन र केही दुख जीवन जोगाउन पनि आएका हुन्छन् पुथ्वी भोग गर्न हिडेको हरेक मानिस उमेरले होइन वास्तवमा दुःखको घर्षणले हुर्किएको हुन्छ ।’ दुख स्वीकार गर्न सक्नुपर्छ । दुख भनेको सबैको जीवनमा आउँछ । मानिसको जीवनमा आइपर्ने हरेक समस्याले समाधानका उपायहरू आपैm लिएर आएका हुन्छन् । यसैलाई आत्मसात गरेर अगाडि बढ्न सके सफल हुन सकिन्छ । अहिलेका युवा पुस्तालाई जीवनको उद्देश्य पहिचान गरेर अगाडि बढ्न मार्गदर्शन र प्रेरणा प्रदान गर्ने उपयोगी पुस्तक स्वस्पर्श हो । एक्काइसौँ शताब्दीको शिक्षित भनिएको समाजमा पढेलेखेका र जागिर खाएकाहरूले पनि छोराछोरीमा विभेद गरिरहेका हुन्छन् । दुई छोरी मात्र हुन् छोरा छैनन् ? भनेर मलाई प्रश्न गर्ने र मेरा छोरीहरूलाई समेत कमजोर नजरले हेर्नेहरूको आत्माले आफ्नो परिवारमा जन्मेका छोरीलाई मुटुको कुन कुनामा सजाएर राखेका होलान् भन्ने बुझ्न धेरै बेर पर्खनु पर्दैन । छोरा र छोरी दुबै सन्तान हुन् भनेर स्वीकार गर्न सक्ने बलियो समाज अभैm बनिसकेको छैन ।

मलाई समाजले के भन्छ ? मरेपछि मेरो किरिया कसले गर्छ ? छोरा नभए बंश नै सकिन्छ भनेर पाठ घोक्ने धनाड्य र बौद्धिक चेतना नभएका मानिसलाई स्वस्पर्शले ठूलो शिक्षा दिएको छ । ‘संसारमा एक्लै हुन नपरोस भनी भाकल गर्नेलाई देउताले के दिन्छ, थाहा छ ? छोरी ।’ हेपिएकी छोरी पो कमजोर हुन्छे । पढ्न लेख्न र संसार बुझ्न छाडिएकी छोरी त जगत्को सबैभन्दा बलवान प्राणी बन्छे । अहिलेका छोरीलाई कमजोर, अबला र निरीह होइन् मान्छे सम्झन जरुरी छ । संसारमा हरेक मान्छेले पाउने सग्लो माया बाँडिएर आएको हुन्छ । आधा संसारले दिएको, आधा आपैmले आपूmलाई गरेको । जसलाई संसारले माया गर्दैन उसले आपूmले आपूmलाई गर्ने माया दोब्बर गर्नुपर्छ । आपूmले आपैmलाई बोकेर जिउनुपर्छ । आपैm आफ्नो प्रेरणा बन्नुपर्छ । संसारको सबैभन्दा ठूलो हिँसा आपैmले आफ्नो शरीरलाई दुख दिनु हो । त्यसैले आपैmभित्रको उकालो चढ्ने हिम्मत हुनुपर्छ । सपना र सफलताको आकारभन्दा सङ्कल्प र सङ्घर्षको गहिराइ अधिक अर्थपूर्ण हुन्छ जसले मानिसलाई रित्तो मानव हुनबाट जोगाउँछ । सङ्घर्ष विना सफलता पाउनेहरुले जीवनको अर्थ भेटाउन सक्दैनन् । यी र यस्तै दर्शनले स्वस्पर्शलाई अभैm ओजिलो बनाएको छ । बाहुबल कमजोर भएपछि अन्यायको विरुद्ध लड्ने हतियार छलकपट हो । महाभारतको युद्धको महत्वपूर्ण कारण शकुनीलाई मानिन्छ । बिहे गर्न नमानेकी दिदीलाई जर्वजस्ती बिहे गर्न बाध्य बनाउने पाण्डव परिवारलाई छलकपटद्धारा भए पनि हराउने उद्देश्य बोकेर राजकमार शकुनी हस्तीनापुर आउँछन् र जीवनपर्यन्त शकुनी चाल चालिरहन्छन् ।

महाभारतको यही कथा सुनेर र पढेर हुर्किएका हामीहरूलाई बदलाको भावना त्यागी कमजोर मनलाई सम्हाल्दै जीवन जीउने कला पुस्तकमा सिकाइएको छ । अन्यायमा परेको मान्छेले दबाबपूर्ण स्थितिमा समेत आपूmभित्रको शक्तिलाई स्वस्पर्श गर्न सक्नुपर्छ । तब मात्र क्षमाभाव जागृत हुन्छ भन्ने कुरा पुस्तकमा उल्लेख गरिएको पाइन्छ । पुस्तककी रिटायर्ड आमा पढ्दा नेपालगञ्ज निलसागर आश्रमका सरिता निलसागरलाई सम्भेmँ । सधै बालबालिकाले घेरिएर बसेका तस्विर सामाजिक सञ्जालमा राख्नुहुन्छ । कहिले नुहाउँदै गरेका, कहिले खुवाउँदै गरेका, कहिले कपडा लगाउँदै त कहिले विद्यालय पु¥याउँदै गरेका धेरै बालबालिकाका तस्विर र भिडियो राख्नुहुन्छ । ती भिडियो र तस्विर हेर्दा लाग्छ उहाँ धेरै भाग्यमानी आमा हुनुहन्छ । आपूmले जन्म नदिएर पनि भाग्यले सन्तान हुन पुगेका बच्चाको ममताले छपक्कै ढाकेर आमा बन्नु र सबै कर्म प्रेमपूर्वक पूरा गरेको देख्दा मन हर्षित हुन्छ । कतै मात र कतै बाध्यताले सन्तान छोड्न बाध्य भएका सबै आमाको आर्शिवाद प्राप्त गर्ने भाग्यमानी आमा नै आमा घरका आमा हुन् । यस्तो विशाल ह्रदय सबैसँग हुँदैन । आँट हुँदैन र हिम्मत हुँदैन । यो पुस्तकमा नजन्माएर पनि आमा बन्ने सौभाग्य प्राप्त गरेकी आमा र उनले हुर्काएका विभिन्न उमेर र स्वभावका बालबालिकाको बारेमा चर्चा गरिएको छ । दसैँको दिन आपूmले आश्रममा छोडेका बच्चालाई भेट्न गएकी रिटायर्ड आमा आश्रमका बालबालिकाहरू आपूmलाई देखेर मन दुखाउलान्, रोलान्, आफ्नो पछि लाग्लान् कि भनेर रोकिएको पछ्याए त फकाएर मनाउन सकिएला तर नयाँ आमासँग खुसी भई आपूmलाई वास्तै नगरे फेरी कसरी बाँचौँला भन्ने सोंच राखेर फरक्क गेटबाट फर्किएको कुरा पढ्दा मुटु भक्कानिन्छ । मान्छेका सम्बन्धहरू स्वर्गमा नभएर समझदारी, त्याग, माया र निःस्वार्थ रेखदेखले धरती मै बन्दोरहेछ । समयको वास्तविक अर्थ त भोगाइ पो रहेछ । जसले जति भोग्छ, ऊ उति नै बाँच्छ । समयको लम्बाइ त भोगाइका पैतालाले पो नाप्ने रहेछ । वास्तवमा बितेको समय त छुटेका हात, टुटेका अङ्कमाल, कहिल्यै धीत नमरेका प्रियजनका आवाज र अनुहारको गणना पो रहेछ ।

स्वस्पर्श पढ्दा लाग्छ कि उनको लेखनको प्रमुख उद्देश्य चिकित्सा सेवाको प्रचारप्रसार आख्यान वा गैरआख्यानको माध्यमबाट गर्नु हो भने मानविय संवेदना र सामाजिक न्यायको पक्षमा आवाज उठाउनु पनि हो । सामाजिक संरचना कमजोर भैरहेको वर्तमान अवस्थामा मानवीय सम्मान सहित बाँच्न र बुद्धलाई बचाउन समाजले लेसन, हिलिङ, ग्रोथ स्वस्पर्श अपनाउनुपर्छ । दुखलाई सहनुको सट्टा त्यसलाई सदुपयोग गरेर बलियो र खुसी मानिस बन्ने जीवनयात्राको चरण नै लेसन, हिलिङ, ग्रोथ हो । अहिलेको सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा व्यस्त र सफल जीवन कसरी बनाउने भन्ने होडमा रहेको तनावग्रस्त मान्छेलाई मेडिटेसन र डुक्ने मुस्कानको माध्यमबाट जीवनसँग जोड्न सक्नुपर्छ । जीन्दगीमा जे पो होस् मुन्टो उतै फर्काउनुपर्छ जता उज्यालो देखिन्छ । उनले स्व स्पर्श ती बालबालिका अनि युवामा समर्पण गरेका छन् जो आधुनिक जीवनको जटिल गोरेटोमा बेला–बेला हराउँछन्, सहाराको आसमा दुव्र्यसनीमा फस्छन् र कहिलेकाहीँ कुनै उपाय–मार्ग नभेटी आफ्नो प्राण लिन पुग्छन् । यो समर्पण पढ्दा नै बुझ्न सकिन्छ कि यो पुस्तक बालबालिकासँग सम्बन्धित छ भनेर । अहिलेका युवा पुस्ताले दुखलाई असफलता सम्झन्छन् । दुखलाई स्वीकार गरेर अगाडि बढ्ने प्रेरणा दिने र नदेखेको बाटोमा सफर गराउन सक्ने आधारहरू स्वस्पर्शमा भेटिन्छ । पाठकको दिमाग चाट्न सक्नु र पाठकलाई पुस्तक पूरै पढ्न बाध्य बनाउनु लेखकको सफलता हो ।

पुस्तक सुरु गरेपछि छोड्नै मन लाग्दैन । धेरै वाक्यहरू दोहो¥याएर पढ्न मन लाग्छ । कतै मन रसाउँछ , भक्कानिन्छ । कतै मन्द मुस्कान आउँछ । कतै रिस उठ्छ । कतै सिरिङ्ग हुन्छ मन । यस पुस्तकमा दैनिक जीवनमा भेटेका फरक फरक मन आत्मालाई पुस्तकमा उतारेर सफल लेखक भएका छन् । दुखलाई सहनुको सट्टा त्यसलाई सदुपयोग गरेर बलियो र खुसी मानिस बन्ने जीवनयात्राको चरण लेसन, हिलिङ र ग्रोथ हो । सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा व्यस्त र सफल जीवन कसरी बनाउने होडमा रहेको तनावग्रस्त व्यक्तिले आफ्नो दुख र मानसिक तनाव र संर्घषलाई स्वीकार गरी आपूmलाई कसरी लेसन, हिलिङ र ग्रोथमा रुपान्तरण गर्न सक्छ ? मेडिटेसन र डुक्ने मुस्कानलाई कसरी उनीहरूको जीवनसँग जोड्न सकिन्छ ? साथै जीवनमा निशुल्क पाइने माया, प्रेम, स्वास भौतिक सम्पत्तिभन्दा माथि हुन्छ तर सबैको जीवनमा यो लागू नहुन पनि त सक्छ । प्रेमले पेट भर्दैन । आपैmले फेर्ने सास कमजोर भएपछि कृत्रिम स्वास चढाउन पनि भौतिक सम्पत्ति चाहिने रैछ । पुस्तकले यसको बारेमा पनि बोलेको छ । अहिलेको पुस्तालाई पैसा केही होइन भनेर खुम्चिन लगाउने कि कमाउ प्रगति गर साथै मानवीय संवेदना सँगसँगै गरिबी घटाउ भनेर सल्लाह दिने ? यी र यस्ता केही प्रश्नको सटिक उत्तर लेखकबाट प्राप्त गर्न मन छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार