नेपालको यातायात व्यवसायमा झण्डै दुई दशक अघी एउटा सामान्य महेन्द्रा जीपबाट आफ्नो व्यवसाय शुरु गर्नु भएका युवा
यातायात व्यवसायी डोलनाथ खनाल यस क्षेत्रको विभिन्न तहको नेतृत्व गर्दै हाल नेपाल राष्ट्रिय यातायात महासंघको कार्यावाहक केन्द्रीय अध्यक्ष हुनुहुन्छ । नेपालको समग्र यातायात क्षेत्रको छाता संगठनको रुपमा स्थापित संस्थाको पनि केन्द्रीय महासचिव, केन्द्रीय वरिष्ठ उपाअध्यक्ष हुँदै हाल कार्यावाहक अध्यक्ष रहेका खनाल आगामी महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष हुने अभियानमा छन्। यातायात क्षेत्रमा केन्द्रीत भएर मिसन टुडे राष्ट्रिय दैनिकका लागि गरिएको कुराकानिको संपादीत अंश ः–
मिसन सम्वादमा यहाँलाई स्वागत छ । हवस् धन्यवाद
१. अहिले नेपालको समग्र यातायातको क्षेत्रको कस्तो छ ?
ँ यातायात क्षेत्रको अवस्था विभिन्न कारणबाट कठिनाई छ । नीति निर्माणको विषयहरु एवं संस्था संचालनका प्रक्रियाहरुका कारण असहजता सिर्जना भएको छ । मुल कुरा राज्य आफ्नै ढङगबाट स्थायित्व नहुँदा सम्म स्थायी सरकार निर्माण नहँुदा हरेक पेशागत रुपमा काम गर्ने लागानीकर्ताहरुलाई, रोजगारी दाताहरु, सबैमा असहज हुने स्थिति देखिएको छ । भोलिका दिनहरुमा अवश्य पनि गतिलिने छ । त्यसो भयो भने समग्र रुपमा लगानिकर्ता संरक्षण गर्ने गरी नीति बन्नेको छ भन्ने आशामा छौ । अहिले सम्मको अवस्था हेर्दा निकै दर्दनाक अवस्था छ । लगानीकर्ताहरु असुरक्षित छन् । लगानीकर्ताले आफ्नो लगानीलाई व्यवस्थित रुपले राख्न पाउने या नपाउने अधिकार नै निर्णयको रुपमा रहेको छ । त्यो भएको हुँदा अहिले नेपालको यातायात क्षेत्र कठिन अवस्थामा रहेको छ ।
२. यति समस्या हुँदा हुँदै पनि यातायात क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा चलेको देखिन्छ नि ?
ँ मुल कुरा के छ भने यो अस्वस्थ प्रतिष्पर्धा गर्नाले आम लगानी कर्ता भयभित र असुरक्षित छन् । यसले रोजगार प्रदान गर्ने व्यक्तिहरुलाई कठिन बनाएको छ । आम नागरिक असुरक्षित महसुस हुन्छ । समग्र रुपमा देशको अर्थतन्त्रलाई यसले कमजोर बनाउँछ । अस्वस्थ प्रतिष्पर्धा भइसकेपछि आवश्यक
भन्दा बढी सवारी साधन विक्रिने क्रम हुन्छन् । जसले रिजल्ट दिन सक्दैन त्यसैले सवारी साधन भित्र्यो भने त्यो लागानी स्टक हुन्छ कुनै आम्दानी दिन नसेपछि राज्यलाई पनि पुरै नोक्सान बनाउँछ । त्यो क्रममा अहिले आवश्यक भन्दा बढी सवारी साधन नेपाल भित्रिन्छ । त्यो प्रमुख समस्याको विषय बनेको छ ।
३. सवारी सधान कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड होला नि ?
ँ राज्य र व्यवसायी बीच महासंघ त एउटा समन्वयकारी भूमिका निर्वाह गर्ने निकाय मकत्र हो । मुलःरुपमा के हुन्छ भने कानूनी रुपमा यसलाई कसरी व्यवस्थित गर्ने ,नेपाली नागरिकको लगानीलाई कसरी व्यवस्थित र संरक्षित गर्ने र नीति ल्याउन नसके सम्म यो व्यवस्थित बन्न सक्दैन ।
४. पछिल्लो समयमा सवारी साधन दुर्घटनाहरु पनि बढ्दै गएका छन् । यसका कारण के हुन सक्छन् ?
ँ सवारी दुर्घटना विशेष गरी अस्वस्थ प्रतिष्पर्धाको कारण पनि हुन्छन् । सवारी साधन दुर्घटना हुनुमा सडकको अवस्था एक्दमै जिर्ण
भएका कारण पनि हुरने गर्दछन् । जहाँ सवारी साधन लैजानु पर्ने बाध्यता सिर्जना भएको छ तर त्यहाँ सडकमा कस्ता सवारी साधन लैजाने त्यको
कुनै मापदण्ड छैन । यात्रुको चाप कति छ ? त्यहाँ सञ्चालन भएका सवारी साधन कुन स्थितिका छन् भन्ने आधार नबाइकन सवारी साधन बेलगाम कारण छोडिदिदाँ पनि सवारी दुर्घटना बढेका छन् ।

५. कतिपय अवस्थामा चालकको कारण पनि दुर्घटना भए भनिन्छ ?
चालकको सन्दर्भमा के छ भन्नुहुन्छ भने अनुमति पत्र नखुलेको करिब एक दशक भयो । १० वर्ष सम्म चालक अनुमति पत्र कही गएर पनि पाउन सकिएको छैन । तपाईहरुले मिडिया माफर्त पनि जनताहरुलाई स्पष्ट रुपमा बुझाउनुहुनेछ । भन्ने कुरामा म आशावादी छु । कही पनि एक पटक एक वर्षमा खुलिहाल्यो भने विभिन्न कारणबाट द्वन्द्व सिर्जना हुन्छ र त्यो चालक अनुमति पत्र बन्द हुन्छ । त्यो भयो भने उत्पादन नभइसकेपछि त्यसै स्वभाविक रुपमा कमजोर सिर्जना हुन्छ । अत्याधिक रुपमा उत्पादन भयो भने त्यस बाट छनोट हुने हो । उत्पादन चालकहरु विदेश पलायन हुने क्रम बढ्दो रहेको छ । उत्पादन न्यून छ त्यो कारण पनि दक्षचालक पाउन गाह्रो छ ।
६. सवारी चालक अनुमति पत्रका लागि यहाँहरुले महासंघको तर्फ बाट कस्तो पहल गर्नुभएको छ ?
ँ हामीले पटक– पटक नेपाल सरकारसँग सम्बन्धित निकायसँग १४ वटै अञ्चलमा जहाँ– जहाँ अञ्चल यातायात कार्यालय छन्, त्यहाँ साना देखि ठुला सवारी साधन सञ्चालन गर्नका लागि चालक अनुमति पत्र खुल्ला रुपमा प्रतिदिन दिनु पर्छ । हामीले पटक पटक अनुरोध गरेका छौ । सवारी साधन चालक अनुमति पत्र खुल्यो भने त्यहाँ १० आंै हजारको भिड हुन्छ । त्यो भिड हुन नपरोस् । सबै ठाउँमा खुल्यो भने त कतै जान परेन । मेचीमा खुल्यो मेचीमा जानु पर्ने ,भेरीमा खुल्यो भने भरीमा आउनु पर्ने सेतीमा खुल्यो भने सेतीमा जानु पर्ने त्यस्तो खालको प्रक्रिया रहयो भने संचालनमा कठिनाई हुन्छ । प्रक्रियामा अवरोध आउँछ ।
७. अयोग्य चालककले पनि पहँुचको आधारमा सवारी चालक अनुमति पत्र लिने र त्यसले पनि दुर्घटना भएको भन्ने भनाई छ नि ?
ँ त्यसो भन्न मिल्दैन । सवारी चालक चलाउनेले मात्र चालक अनुमति पत्र पाएका छन् । पहँुचको आधारमा छैन् सवारीचालक चलाउन जानेको बाहेक अरुले पाउदैनन् । मुख्य कुरा त सवारी चालक अनुाती पत्र दिने पक्रिया नै अवरुद छ । मुल कुरा यो हो । लिएको मानिस अयोग्य भएर दुर्घटना भएको हैन । दुर्घटना हुने कारणहरु पसस्तै
छन् । छाडा पशु चौपायाको अवस्था , वाटोको अवस्था, गाडिको अवस्था आदि कारणहरु धेरै छन् । हरेक व्यक्तिले आफ्नो दायित्व पूरा गर्ने हो भने दुर्घटनामा न्यूनिकरण हुन्छ ।
८. यातायात क्षेत्रमा सिण्डिकेट बढी भयो भन्ने भनाई छ , यसबारे के भन्नु हुन्छ ?
ँ सिण्डिकेट छैन । यातायात सबैले संचालन गर्र्ने पाएका छन् । तर अस्वस्थ प्रधिस्पर्धा भइरहेको
छ । सिण्डिकेट नाम बाट अस्वस्थ प्रतिस्पर्धा भएका कारणले दुर्घटना बढेका हुन । सिण्डिकेट व्यवसायीले चाहेर हुरने कुरा होइन । राज्यले सवारी साधन
भित्र्याउन अनुमती दिने र सवारी साधन संचालन गर्न दिने भएकोले सिण्डिकेड भन्न मिल्दैन । सबैका सवारी साधन संचालन भइरहेका छन । तर संचालन प्रक्रियामा विधि बनाउने एउटा संस्था नेपाल राष्ट्रिय यातायात महासंघ हो । विधि बनाउदाँ सिण्डिकेट
भयो भने आवश्यकता भन्दा बढी सवारी साधन भित्र्याउने पक्रियामा र अस्वस्थ प्रतिष्पर्धा गराई संचालन गर्ने विधि नियम र पक्रिया बनाई सडकको अवस्था,जन संख्याको चाप हेरेर नियम सँगत ढङगले सवारी साधन संचालन गर्दा यसलाई सण्डििकेट भन्न मिल्दैन । अहिले सम्म भरपर्दो सवारी साधन आफुले संचालन गर्न नसकेको र निजी क्षेत्रले राज्यको त्यो आवश्कता पूर्ति गरिदिएकोमा दुघटना न्यूनिकरण हुन सक्छ र आम नागरिकले सर्बसुलभ सेवा प्राप्त गर्ने सक्छन् ।
९. कतिपय पहाडी जिल्लाहरुमा सिण्डिकेट बढी भयो यसबाट यात्रुलाई मर्का परेको छ भन्ने छ नि ?
ँ यो त झन विपरीत भयो नि , साना रुटमा धेरै काउन्टरहरु रहेका छन् ।धेरै सवारी साधनहरु छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसायीहरु भयभित छन् । यसलाई व्यवस्थित बनाउने भनेकै अन्य क्षेत्रबाट प्रालिले प्रतिष्पर्धा गराउँदा यो देशको न यातायात बच्छ न आर्थिक रुपमा राज्य सुरक्षित हुन सक्छ न रोजगारीलाई नै विस्वास दिलाउन सक्छ । न त नागरिकले चाहेको सवारी साधनमा यात्रा गर्ने मौका नै पाउछन् । त्यो कुनै पनि कुराहुन सक्दैन । समितिहरुले जसरी आलो पालो मिलाएका छन् , त्यसरी नै यातायत संचालन हुन आवश्यकता रहेका छ ।
१०. समग्र नेपालको यातायात व्यवस्थित बनाउन यातायात महासंघले कस्तो पहल गर्दै छ ?
ँ समग्र यातायात नीति,नियमावली परिवर्तन गर्नुपर्छ । नेपाली नागरिकको लगानीलाई संरक्षण गर्नका लागि एउटा राज्यको संयन्त्र छुट्टै निकाय हुनुपर्छ । त्यसलाई पटक पटक हामीले छुट्टै निकायको माग गर्दै आएका छौ । हामीले प्राधिकरण आवश्यकता छ भन्दै आएका छौ । प्राधिकरण आफैमा सक्षम होस् , उसैले विधि, नीति,र निमावली बनाएर सञ्चालन गर्न सक्ने परिस्थिति निर्माण ग¥यो भने मात्र यो व्यवस्थित हुन सक्छ । स्थानीय तह देखि नै एउटा संंंयन्त्र बन्यो भने त्यसको सिफारिसमा मात्र सवारी साधन भित्र्याउन पाउने त्यसलाई प्राधिकरणले हेर्ने , त्यसमा महासंघको स्थानीय देखि केन्द्र सम्म आम नागरिकको प्रतिनिधित्व भयो भने मात्रै समग्र यातायात क्षेत्र व्यवस्थित हुन्छ ,त्यसकै लागी महासंघ लागि रहेको छ ।









प्रतिक्रिया दिनुहोस्