प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो



काठमाडौं ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फको पनि ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।  २१ फागुनमा निर्वाचन हुँदैछ । मत्रपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमा पठाउने छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार